चद्राकोट सेवा समाज कोरियाको मृगौला पिडित सीता काला मगरलाइ एक लाख साठी हजार सहयोग
सउल
रोजगारिका शिलशिलामा दक्षिण कोरियामा रहेका केही युवाहरुको सक्रियतामा स्थापित चन्दकोट सेवा समाज कोरियाले गुल्मि शान्तिपुर निवासि मृगौला पिडित सिता काला मगरको उपचारका लागि रु एक लाख ६० हजार रुपैया सहयोग गरेको छ ।
आर्थिक अबस्था कमजोर भएकि मगरको दुवै मृगौलाले काम नगरेपछि काठमाडौ महाराजगन्ज स्थित टिचिडं हस्पिटलमा उपचारत छिन । समाजका प्रतिनिधिले टिचिङ पुगेर संकलित रकम बिरामि मगरलाइ हस्तान्तरण गरिएको समाजका अभियान्ता बिमल खत्रीले बताए ।
चद्राकोट सेवा समाजले बिगतमा पनि मृगौला पीडितका र बिरामिका लागि सहयोग रकम जुटाउदै आएको छ। आगामी दिनहरुमा पनि यस्तै राम्रा- राम्रा सामाजिक सहयोगका काम गर्ने पनि समाजको योजना छ । सामान्य कृषि पेशा गर्ने बिरामि मगरका श्रीमान र घरको आर्थिक अबस्थाले उपचार गर्न कठिन रहेकोले उपचारमा सहयोग गरिदिन चन्द्रकोट समाज कोरियाले आग्रह गरेको छ ।
सहयोगका लागि
हरि खत्री (कोरिया ) ०१०-५९४०-६५७०, बिमल खत्री (कोरिया) ०१०- ५९४४-९२०९ ज्ञानु थापा (कोरिय) ०१०-५७२३-७७६४ , सन्तोष पुन (नेपाल) – 9८५७०६४३७१
कोरियामा सहयोग को लागि थापा ज्ञान को नाम मा रहेको 농협 बैड्क,खाता नं ३५६-११७०-२९३८-९३,कोड ११ र नेपालमा बिरामी सिता काला मगरको श्री मानको नाममा रहेको बैड्क अफ काठमांडौ , खाता नं ०५३७०००००२७८५२४ तम्घास शाखा० मा सहयोग गर्न सकिने छ ।