सौलमा ‘छक्का पन्जा’ प्रदर्शन हुने |


हास्य क्षेत्रका  सफल कलाकार  दिपक र दीपाको अति नै मन पराईएको चलचित्र छक्का पन्जा आउदो २०१६ नोभेम्बर १३ का दिन सौलमा प्रदर्शन हुने भएकोछ  ।

कोरिया लगाएत नेपालमा सामाजिक सेवामा तत्पर राप्ती समाज द. कोरियाले उक्त अबसर मिलाएको हो ।

कोरियामा समस्यामा परेका नेपालीहरुका लागी सौलमा राप्ती घर सन्चालन गर्ने उद्देश्यले सहयोग जुटाउदै भरपुर मनोरन्जन दिन फिल्म प्रदर्शन गर्न लागिएको राप्ती समाजका अध्यक्ष बिर कुमार ओलीले फोनिज कोरियालाई  जानकारी दिएकाछन्  । कोरियामा रहेका नेपालीलाई उपस्थित भै मनोरंजनका साथमा सहयोग गरिदिनु हुन पनि ओलीले आग्रह गरेका छन् |

साथै सोही दिन केदिबी लाईफ इन्सोरेन्स सँगै woori bank  र नेपालको माछापुछ्रे बैंकको रेमिटेन्स खाता खोल्न सकिने अध्यक्ष ओलीले बताए ।

मिति :२०१६ नोभेम्बर १३ ,आइतबार

स्थान :जोगेसा गुम्बा, जोंग्गाक सौल

जाने तरिका : ट्रेन लाइन १ , जोंगाक स्टेसन ,गेट नम्बर २

chakka-panja-rapti

नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाइ गर्न सफल चलचित्र ‘छक्का पन्जा’ यतिबेला छैंठौं हप्तामा नेपालमा भब्य रुपमा चलिरहेको छ |देश भरबाट ४० दिनमानै  १३ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्रले ५१ दिन मनाउने अनुमान गरेको छ| विदेशमा समेत छक्का पन्जाको प्रदर्शन भब्य रुपमा भएको छ| बेलायतको बिभिन्न शहरमा भव्यताका साथ यो चलचित्र चलिरहेको छ भने कोरियाको विभिन्न शहरमा पनि भब्य रुपमा प्रदर्शन हुदैछ|

दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको मुख्य भूमिका रहेको ‘छक्का पञ्जा’ ले फिल्म हेरुन्जेल दर्शक हँसाउछ । यसले गरिवीका कारण विदेशिन वाध्य आमनेपालीको अवस्था र विदेश गइसकेपछि भएको सामाजिक तथा पारिवारिक विचलन उजागर गरेको छ । यसअघि ‘छक्का पञ्जा’ फिल्म युनिटले बनाएका ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ ले नेपाल र विदेशमा  पनि व्यवसायिक सफलता चुमेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • मार्मिक शब्दभावले भरिपूर्ण गोविन्द गौतमको “भिजा हातैमा” सार्वजनिक [भिडियो सहित]
  • जनवरी २७ तारिख सार्वजनिक विदा दिने कोरिया सरकारको निर्णय
  • कोरियामा गायिका जालुमाया गुरुङको साथमा “तमू ल्होसार ” मनाईयो
  • गायिका जालुमाया गुरुङको साथमा तमू धीं कोरियाले “ल्होसार” मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...