हरे ! म कस्तो देशमा जन्मेछु
हुन त देशलाई नराम्रो देख्ने र नराम्रो भन्ने अधिकार मलाई छैन । म आफ्नै मातृभुमि आमालाई नराम्रो कहिल्यै भन्दिनँ र भन्न सक्दिन पनि । बिश्वकै एक नमुना र सुन्दर देश नेपालमा जन्मन पाएकोमा म आफैंलाई गर्व लाग्छ । तर यो भनिरहदा, कताकता मन भक्कानिएर आउछ अनि मुटु छियाछिया हुन्छ । किनकि नेपाल आफैमा सुन्दर र प्रकृतिले सबै चिज दिदादिदै पनि आज हामी जस्ता लाखौं युवा प्रदेशमा कामको लागि आउनु परेको छ ।
२१औँ शताब्दीमा पनि दासको जस्तो जीवन बिताउनु पर्दा मन त रून्छ नै अझ त्यहि माथि बिश्वमा सबै देशले प्रगतिको शिखर चुमिरहदा मेरो देश भने जहाँको तही छ । देश विकास हुनुपर्नेमा झनझन बिग्रदै जाँदा कसलाई पो पिडा नहोला र ? बिदेशको ठाउँ, आफ्नो घरपरिवार र मात्रृभुमिको यादले सताइरहन्छ । त्यहि माथि आफ्नो देशको समाचार सुन्दा मन त्यसै भारी भएर आउँछ । खाली बन्द, हतताल ,गरिबी, बेरोजगार, अस्थिर राजनीति, असुरक्षा, भ्रष्टचार, चोरी डकैती र बलत्कार जस्ता कुरा सुन्दा, देख्दा मनमा झनै ठुलो पिर परिरहन्छ ।
यी सब अवस्थाले गर्दा आफ्नै देशमा बसेर केही गर्नुपर्छ भन्ने मन पनि भाडिएर देशमा केही गर्न सकिदैन भन्नेमा पुग्छ । अनि ऋणपान गरेर भएपनि विदेशिनुको विकल्प छैन । कहि नभएको जात्रा हाडि गाउँमा भने जस्तै संसारमा नेपाल एउटा यस्तो देश भयोकि जहा बिदेशी नेता, राष्ट्रपति, प्रधानमन्त्री आउदा समेत देशमा सार्वजनिक छुट्टी र बन्द हुन थालेको छ ।
आज हजारौं युवा बिबशताको भुमरीमा परि बिदेशमा तल्लो बर्गको काम गर्न बाध्य छन । कति युवा त विदेशी भूमिमै अस्ताउछन र तिनका सपना पनि त्यसैगरी तुहिएर जान्छ । के हामी रहरले बिदेशीएका हौ र ? हुन त यो भनिरहदा हामी नेपाली पनि आफ्नो देशमा काम गर्न लाज मान्छौ तर बिदेशमा चर्पि सोर्न पनि पछि पर्दैनौ । तर यो कुरा भन्दै गर्दा आज धेरै युवा आफ्नै देशमा केही गर्ने चाहन्छन् । कमसेकम ती युवालाई ब्यबसाय ग्यारेन्टी र सुरक्षा त दिन सक्नु पर्यो नि सरकारले पनि । के सरकारको जनता प्रति केही वास्ता छैन ? के हामी नेपाली जनता होईनौ ?अभिभावक बिनाको टुहुरा जस्तै भएका छौं हामी नेपाली ।
हाम्रो पनि त चाहना छ नि आफ्नै देश बिकाश गर्ने । आफ्नै परिवारका साथमा आफ्नै जन्मभूमिको सेवा गरेर बस्ने अनि आफ्नै देशमा केही गरेु दुनियाँमा नेपालीको नाम रोशन गर्ने । हे राजनीति गर्ने तिमी कुकुरहरू किन देश बिगारिरहन्छौं ? किन देशको लागि ईमान्दार भएर काम गर्दैनौं ? राजनीति त गर तर देशै खाने राजनीति किन गर्छौ ? नेपाल आमालाई त जिउँदै बेच्यौ त्यही आमाका छोराछोरिलाई पनि बिदेशमा बेचेर तिनिहरूको पसिनाको पैसामा कति मस्ति गर्छौ ?
बिश्वको ईतिहास पनि हेर राजनिती गर्ने भातेहरू देशको लागि कति सङ्घर्ष र त्याग गर्नुपर्छ भनेर । खालि झुठ्ठा भाषण मात्र गरेर आफ्नो मात्र भुँडी भरि सारा नेपालीलाई रूवाउने अधिकार तिमीहरूलाई छैन । अहिलेको युगमा शिक्षित र सक्षम भएर पनि तल्लोस्तरको रुपमा नबाचौँ । हामी सबै नेपाली पनि आफ्नै देशमा केही गरि स्वाभिमानी पुर्बक बाचौ र देशको मुहार फेरौ । नेपाली हुनुमा गर्व गरौं ।