नेपाल मुक्तक प्रतिष्ठानमा संतोष अम्गाई चयन
सोल ,कोरिया-नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले मुक्तक मञ्जरी विमोचन गरेको छ ।दक्षिण कोरियाको राजधानी सोलबाट करिब ३ घण्टाको दुरीमा पर्ने थेगुस्थित दुर्गा रेष्टुरेण्टमा आईतबार कवि रमेश शायन,नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सचिव ऐश्वर्य श्रेष्ठ,प्राध्यापक रोशनशर्मा पौंडेल,गंगा पौंडेल र चन्द्र लामा अनुरागले संयुक्तरुपमा विमोचन गरेका हुन् ।पुस्तकमा कोरियामा कार्यरत ४७ जना मुक्तककारको मुक्तक संग्रहित छन् ।
पुस्तकको विमोचनपछि कवि शायनले मुक्तक आफुलाई सबैं भन्दा बढी मन पर्ने विधा रहेपनि लेख्न भने नसकेको बताए ।उनले भने ‘मुक्तक चोटिलो हुनुपर्छ गोजीमा राखिएको हात स्वत निक्लिएर पररर ताली बज्नुपर्छ ।’
त्यसैंगरी पत्रकार ऐश्वर्य श्रेष्ठले दक्षिण कोरियामा पछिल्लो समय साहित्यिक माहोल बाक्लिदैं गएकोले आगामी दिनमा यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने बताए ।साथैं प्राध्यापक रोशनशर्मा पौंडेल,चन्द्र लामा,गंगा पौंडेलले पुस्तकमा संग्रहित रचनाका श्रष्टालाई बधाइ तथा शुभकामना दिएका थिए ।
प्रतिष्ठानले नयां कार्यसमिति समेत गठन गरेको छ । जसमा अध्यक्षमा संतोष अम्गाई चयन भएका छन् । उपाध्यक्षमा सञ्जय घिमिरे, सचिव सरोज सर्बहारा, सहसचिव समीर कार्की, कोषाध्यक्षमा विष्णु वाग्ले चयन भएका छन् । सदस्यहरुमा निकुञ्ज तिवारी, मणी भुषाल, कुमार गौतम, सुर्य न्यैपाने, महेन्द्र केसी, कमल परियार, मिलन थापा र नारायण भुषाल रहेका छन् । सल्लाहकारमा धरती कल्पना, गंगा पौडेल र अज्ञात पाल्पाली रहेका छन् ।
कार्यक्रममा आधा दर्जन बढी श्रष्टाले आ आफनो रचना समेत वाचन गरेका थिए ।