तमूधिँ कोरियाको यही आइतबार गरिने साधरणसभाको तयारी पुरा
फोनिज कोरिया संवाददाता
सउल
कोरियामा रहेका तमू समुदायको साझा संगठन तमूधिँ कोरियाको सातौ कार्यसमितिको पहिलो वार्षिक साधरणसभा आगामी आइतबार गरिनेछ । सउल स्थित नेपाल हाउसमा गरिन लागेको साधरणसभाको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष प्रदिप गुरुइ०ले बताएका छन् ।
कोरियामा आफ्नो भाषा , कला र संस्कृतीको प्रचार प्रसार गर्दै तमु बन्धुवीच भाइचारा बढाउने र एक अर्कामा परेको शुख दुखमा साथ दिने उद्देश्यले तमुधिँ गठन भएको हो । साधरणसभामा बार्षिक प्रगति विवरण , आयव्याय प्रतिवेदन प्रस्तुत गरिनका साथै आगामी कार्ययोजना बारे छलफल गरिने छ । विभिन्न विभाग गठन गरी जिम्मेवारी बाडफाड पनि गरिने छ ।
साथै हरेक वर्ष झै यस पाली पनि आगामी जनजारीको पहिलो हप्ता तमुहरुको महान पर्व ल्होसार मनाउने बारे पनि छलफल गरिने छ । ल्होसार २०७३ को मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिने छ । जनवरीको पहिलो हप्ता ल्होसार मनाइने परम्परा अनुसार यसपाली आगामी जनवरी १ तारिख आइतबार ल्होसार मनाइने निर्णय पहिला नै गरिसकेको तमूधिले जनाएको छ ।
विभिन्न पेशा , व्यवासाय र अध्ययन मार्फत कोरियामा रहेका तमुहरु उपस्थित भई साधरणसभा सफल परिदिनुहुन आयोजक तमुधिँ कोरियाले हार्दिक आग्रह गरेको छ ।