तमुधिँ कोरियाको साधारणसभा सम्पन्न
फोनिज कोरिया संवादाता
सउल
कोरियामा रहेका तमुहरुको साझा संस्था तमुधिँ कोरियाको सातौ कार्यसमितिको पहिलो वार्षिक साधरणसभा आइतबार सउलमा सम्पन्न भएको छ । नेपाल हासउसमा सम्पन्न कार्यक्रममा वर्ष दिनभित्र र तमुधिले हालसम्म गरेको गतिविधी र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साथै कार्यक्रममा महासचिव श्रीराम तमुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तमु चलचित्र ‘फ्रीसी’ र नेपाली कथानक चलचित्र ‘झुम्की’ प्रदर्शनी , ल्होसार पर्व , तमु स्यो कै (बनभोज) , बृहत भेला र तमुधिँ कोरियाद्धारा काठमाण्डौमा निर्मित दाह संस्कार भवनको संचालन समिति गठन गरिएको जानकारी गराए ।
त्यस्तै कोरियामा सडक दुर्घटनामा निधन भएका तमुधिँ कोरियाका सल्लाहकार इश्वर गुरुइ०को स्मृतीसभा गरी आर्थिक सहयोग र मृगौला पीडित लक्ष्मण गुरुइ०लाई रु. ७५ हजार आर्थिक सहयोग गरिएको जानकारी गराए ।
साथै नेपालबाट आएको संचारकर्मी लाला गुरइ०, सरस्वती गुरइ०, चलचित्रकर्मी बेद बहादुर गुरुइ०, गायक इश्वर गुरइ० र नेपथ्य व्यण्ड, नायिक रिश्मा गुरइ०लाई सम्मान गरिनुका साथै पूर्व राजदूत कमानसिंह लामा, श्रम सहचारी अनिल गुरुइ०, पत्रकार देवेन्द्र साम्बाहाम्फेलाई सम्मान सहित विदाई गरिएको थियो ।
तमुधिँका सल्लाहकार युक्त गुरुइ०को प्रमुख आतिथ्य रहेको कर्याक्रममा अध्यक्ष प्रदिप गुरुइ०ले ओखलढुंगा सेवा समाजका अध्यक्ष मानसिंह गुरुइ०लाई धिँ कोरियका आजिवन सदस्य प्रदान गरिएको थियो । साथै एनआरएन कोरियाका उपाध्यक्ष तथा ब्याटमेन्टेन संघ कोरियाका अध्यक्ष विपिन गुरुइ० र भलिबल खेलाडीहरुलाई बधाइ ज्ञापन गरिएको थियो ।
कार्यक्रममा एनआरएन कोरियाका सदस्य बुद्धी गुरुइ०, एनसिसीका उपाध्यक्ष जित बहादुर गुरुइ०, जन प्रगतिशिल मञ्चका सचिव नविन गुरुइ० , सल्लाहकार खोम प्रशाद गुरुइ०, पूर्व अध्यक्ष सुरज गुरुइ०, पूर्व उपाध्यक्ष भिम गुरुइ० र लगायतले मन्तव्य राखेका थिए ।