नपग्लने गरि मनमा, बसिरह्यौ किन यामु?
गजल
जान्छु भन्दा अङ्गालोमा, कसिरह्यौ किन यामु?
धेरैबेर आँखाबाट, खसिरह्यौ किन यामु?
दोबाटोमा भेट भयो, मनको बाटो हिड्दै गर्दा
बटुवालाई पिरतिले, डसिरह्यौ किन यामु?
न त मलाई रुपको वास्ता, न त थियो यौवनकै
तर पनि ओठमा लाली, धसिरह्यौ किन यामु?
हिंड्दा हिंड्दै यो बटुवा, कोसौ टाढा आइपुग्दानी
मुटुभित्र याद बनी, पसिरह्यौ किन यामु?
सम्झनाको असिनाले, तिम्रो याद पगाल्नेथें
नपग्लने गरि मनमा, बसिरह्यौ किन यामु?