तमु धिँ कोरियाले विभिन्न विभाग तथा ल्होछार मूल आयोजक समिति गठन गरयो
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियामा रहेका तमुहरुको साझा संस्था तमुधिँ कोरियाले संस्थालाई अझ व्यवस्थीत र सुसंगठीत बनाउन विभिन्न छ वटा विभागहरु गठन गरेको छ । गत आइतबार सउलमा सम्पन्न धिँका सातौ कार्यसमितिको पहिलो वार्षिक साधरणसभाले सो विभागहरु गठन गरेको हो ।
जसमा संगठन विभाग प्रमुख भिम गुरुइ० , संचार विभाग प्रमुख धन गुरुइ० र आर्थिक विभाग प्रमुख एक गुरुइ० रहेका छन् । त्यस्तै खेलकुद विभाग प्रमुख इन्द्रराज गुरुइ० , सांस्कृतीक विभाग प्रमुख सतिश गुरुइ० , आर्थिक विभाग प्रमुख एक बहादुर गुरुइ० र अन्तराष्र्टिय सम्बन्ध विभाग प्रमुख श्रीराम गुरइ० रहेका छन् । प्रत्येक विभागमा पाँच सदस्य रहने छ ।
त्यसैगरी आगामी जनवरीमा आयोजना गरिने सांस्कृतीक पर्व ल्होछारको लागि ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । तमुधिँ कोरियाका पूर्व संगठन सचिव जित बहादुर गुरुइ०को संयोजकत्वमा मूल आयोजक समिती गठन गरेको हो । सतिमीमा तमुधिँ कोरियाका पूर्व पदाधिकारी र विभिन्न संघ संघसंस्थामा आवद्ध तमुहरुलाई समेटेर पूर्णता दिइने छ ।