फुजाङनिम अर्थात बिरालो हाकिम


 

नयाँ कम्पनीका नयाँ कुरा धेरै छन् । मान्छेहरु सबै नयाँ नयाँ छन् । गोरो अनुहार, चिम्सा आँखा, मध्यम हाइटका धेरै कोरियन छन् । ती एक छिनमा परिचित हुन्छन् । छिनमा ती परिचित झै अरु नै अपरिचित आइ पुग्छन् । अघि मान्छे नै भनेर बोल्यो अरु नै पो पर्ने । समस्या त्यतिमै सकिदैन । तिनका नाम पनि भुसुक्कै बिर्सन्छु । कति अप्ठ्यारा नामहरु छन् । छङसुयन, जोयोङमीन, जोख्यानमीन । यस्ता नाम उस्तै सुनिन्छन् । कुन मान्छे कुन नामको थाहै नपाउने ।
सजिलो उपायका लागि दाइ भनिदिन्छु । होइन मलाई मेरो नामले नै बोलाउनु । उनीहरु धेरैले भन्छन् । म उनीहरुलाई तिम्रो नाममा झुक्केको झुक्केकै गर्छु त्यही भएर यसो भनेको भनेर भन्न पनि सक्दिन । अनि पुरै बिग्रेको बंग्ररासमेत देख्ने गरि हाँसी दिन्छु । अनि काम परे दाइ नै भन्दिन्छु ।
कोरियन भाषामा सम्मानपूर्बक बोल्दा ‘नीम’ लगाएर बोलिन्छ । साहुजी वा मालिकलाई ‘साजाङनीम’ । साहुकी श्रीमती ‘सीजाङनीम’ । म्यानेजर वा सो जस्तै काम गर्नेलाई ‘छमुनीम’, ‘इसानीम’ आदि इत्यादी । अहिलेको नयाँ कम्पनीमा पनि सबै छन् । ती ठूला मान्छे हुन् । हामी कामदारसँग तिनका कामकुरा खासै पर्दैन । त्यसैले तिनलाई कहिले कही भेट्दा एकसय बिस डिग्री झुकेर ‘आन्याङहासेयो’ भने मात्र हुन्छ ।
नेपालमा कोरियन भाषा पढाउने मास्टरले अभिभादन गर्दा सम्मानित मानिसलाई पैतालिस डिग्रीमा झुकेर गर्नु भनेर पढाकाथे । तिनी कोरिया आएका थिएनन् शायद  । त्यसैले तिनको तरिका नेपालमै बस्यो । त्यतै हावामा उड्यो । यता त हामी बिदेशीले सके एक सय पैतालिस डिग्रीमा झुक्ने बानी नै रहेछ । कसैले अलि कम झुके ‘सेक्या’ भन्छ रे । ‘सेक्या’ हुनु भन्दा त झुक्नु ठीक । झुकि दिन्छु म पनि ।
हामी सबैलाई काम अह्राउने, गाली गर्ने, परि आएको अप्ठ्यारा सजिला सुन्ने हाकिम छन् । नाम थाहा छैन । सबैले फुजाङनीम, फुजाङनीम  भन्छन । तिनलाई भने पाँच कोष टाढा देखे पनि चिन्छु होला । ती हाम्रो बडे हाकिम हुन् । बडे हाकिम बिचित्रका छन् ।
हाइट झन्डै छ फिट होला । ज्यान भन्नुको मात्रै छ । एक झोक्का हावा कस्सेर आयो भने पनि उडाउला कि भन्ने । उमेर पचास पुग्नै लाग्यो रे । अबिबाहित छन् । आफन्त कोही छैन रे । कम्पनीमै बिहान सात बजे आउँछन् । रातको दस बजेसम्म बस्छन् । तिनलाई देखेर लाग्छ ज्यान नै नभए पछि हाइट पनि बेकार रैछ । केही बोल्न परे अनुहारमा पहिले ‘एक्प्रेसन’ दिन्छन् । हाँस्छन् अनि पेटदेखि बल लाएर बोल्छन् ।
बिहान कम्पनीमा जाँदाजाँदै हाँसेर बोल्यो भने केही काम अह्राउदै छ भन्ने अर्थ हुन्छ । त्यो पनि फ्रि टाइममा । काम नपरेको दिन झुकेर अभिभादन गर्दा ऊ पनि अलि कति झुक्छ र चुपचाप बस्छ । केही मिटिङ बस्नु पर्यो चिया खाने बेला छान्छ । कामदारसँग उसको कुरा राख्छ । निर्णय सुनाउँछ । बस त्यति हो कामदारका कुरा सुन्दैन । पहिले नै ‘आरस्स’ भनिदिन्छ ।
मलाई कोरियन भाषा राम्रो आउँदैन । त्यसको फाइदा मलाई नै छ । त्यसले भनेको गाली बुझ्दै बुझ्दिन । त्यसैले ऊ मसँग एउटा एउटा अंग्रजी शब्द भनेर कुरा गर्छ । उसको अंग्रजी उच्चारण पनि म बुझ्दिन ।
एक दिन म चिया खाने समयमा सुस्ताउँदैथेँ । ऊ मेरो छेउमा आएर हाँस्यो ।
‘पेक ।’ यसो औलाले केही देखाउँदै भन्यो । मेरो छेउमा पानीको बोतल थियो । त्यही मागेछ कि के हो ? त्यही उचाले ।
‘आनियो ।’ कोरियनमै भन्यो ।
फेरी थप्यो । ‘पेक ।’ हातले औल्यो । मैले ‘पिक’ अर्थात उचाल भनेको होला भन्ने सम्झिएँ ।
अब के उचाल्नु ? छेउमा सानो काठको मुग्रो थियो । होइन मुग्रोलाई कोरियन भाषामा पेक भन्छन् के हो ? त्यही सोचेर मुग्रो हो भन्ने भाबमा देखाएँ ।
उसले त्यो पनि होइन भन्यो ।
अब के दिनु ? वरिपरि केही छैनन् । मागेको के हो थाहा भएन ।
मैले थाहा नपाएको देखेर ऊ पेट देखि नै एक्सप्रेसन दिएर हाँस्यो । अनि फोहोर फाल्ने गरेको प्लास्टिक देखायो । थुक्क अघि देखि त ब्याग पो भनेको रैछ ।
काम लगाउने तरिका पनि गज्जब छ । कोरियाको मौसम एक दिनमै आकाश जमिनको फरक हुने । अघिल्लो दिन गर्मीले भतभती पोलेको । भोली बिहान जाडोले जाकेट लाउन पर्ने । त्यसरी जाडो भएको दिन । कम्पनी काम सुरु हुनु पहिले सबै जना जम्मा भए पछि उसले जाडो बढेकोले काम गर्ने ठाउँलाई प्लास्टिकले कभर गर्ने कुरा सुनायो ।
जाडोको बेला न्यानो हुने सम्झेर सबैले एकै स्वरमा हुन्छ भने ।
बेलुकी काम सकेर घर जाने बेलामा प्लास्टिक बोकेर ऊ तयार थियो । थाकेको ज्यान भए पनि सबैले दुई घन्टा जति काम गरे । भोली पल्ट न्यानै भो । सबै कामदार खुशी भए ।
दुई दिन जति पछि घाम लाग्यो । माथिको जस्तासँगै प्लाटिक तातेर भित्र बस्नै नसक्ने भो ।
‘प्लास्टिक खोलौ ?’ साथीहरुले बडा हाकिमलाई सोधनी गरे ।
‘हुदैन ।’ उसले ठाडै भन्यो ।
‘प्लास्टिक हाम्रो लागि हो । हामीलाई नै गर्मी भए पछि साइड साइडबाट खोल्छौ । फेरी जाडो भए पछि लगाउँछौ ।’ साथीहरुले जोड गरे ।
‘हुदैन । त्यो प्लास्टिक तिमीहरुका लागि होइन । त्यो त मेसिनको सुरक्षाको लागि हो । तिमीहरुले त जाडोको बेला जाकेट लाका छौ । गर्मीको बेला फुकालेको छौ । यो प्लास्टिक पनि मेसिनको जाकेट हो । अब अर्को गर्मीमा खोल्ने ।’ उसले कुरा टुङ्ग्यो ।
हिजोसम्म आफ्नो लागि भनेको प्लास्टिकको यर्थाथ बुझे पछि साथीहरु छाँगाबाट खसे । गर्मीमै काम गरे । जे गर्छ पैसाले गर्छ ।
साथीहरु उसलाई बिरालो बिरालो भन्छन् । ऊ बेला न कुबेला लुसुक्क थाहै नदिइ आउँछरे । त्यसैले नाम त्यस्तो राखदेका रे । हाकिम बिरालो ।
एक दिन रातको काम थियो । दिनमा राम्रो निद्रा परेन । त्यसको असर राती काम गर्ने बेला निद्रा लाग्ने नै भो । बिकल्पमा के गरुँ के गरुँ ? यसो युट्युब हेरेको । भुतको फिल्म कताबाट फ्याट्ट आयो । बिस्तारै हेर्दै गरेँ । निद्रा हराउँदै गयो । भुतको फिल्मको असरले डर बढ्दै गयो । कताबाट काम गरेकै ठाउँमा भुत आउँछ मनमा डर बढ्दै थियो ।
आँखा मोबाइलतिर हात कामतिर गर्दैथँे । मधुरो मधुरो मछिल्तिर केही उभिए जस्तो लाग्यो । डर झन् बढ्यो । यसो डराएर हेर्न खोजेँ । सेतो सेतो धमिलो देखेँ । डरले मुटु ढुक्क फुल्यो । दिउँसो कम्पनी भरि मान्छे हुन्छन् । बत्ति पनि बढि नै बालिन्छ । उज्यालो पनि बढि नै हुन्छ । राती मान्छे तीन जना मात्रै हुन्छन् । बत्ति पनि थोरै मात्रै बालिन्छ । एउटा साथीले अर्कोलाई देख्नै मुस्किल । जे पर्ला म फनक्क फर्किएँ ।
बिरालो हाकिम पो मलाई हेरेर बसेका रैछन् । मैले डराउँदै बंगरा देखाउँदै हाँसे ।

[email protected]

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...