कोरियाको विभिन्न ठाउंमा ‘जात्रा’ प्रर्दशनको मिति तय
सोल-कोरियामा आपतकालिन परोपकार कोष स्थापनार्थ नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले विभिन्न ठाउंमा नेपाली कथानक चलचित्र ‘जात्रा’ प्रर्दशन गर्ने भएको छ ।हालसम्म बुसान,थेगु र जिन्जुमा फिल्म प्रर्दशन हुने निश्चित भैंसकेको छ । बुसानमा जनवरी १,थेग जनवरी ८ र जिन्जुमा डिसेम्बर १८ मा फिल्म प्रर्दशन हुने मिति तय भएको महासंघका अध्यक्ष खेम कार्कीले बताए ।
नेपालमा पाएको सफलतासंगै विदेशको विभिन्न ठाउसंगै कोरियामा पनि फिल्म प्रदर्शन हुन लागेको हो । समाजमा पैसाको अवस्थालाई चित्रण गर्न खोजेको उत्कृष्ट पटकथा भएको जात्राले नेपाली दर्शकलाई तान्दैं गएको छ । नेपालमा मात्र नभएर जात्राले अष्ट्रेलियाको सिड्नी र पर्थका नेपालीको पनि मन जितेको छ ।
सउलमा डिसेम्बरको अन्तिम आईतबार पारेर फिल्म प्रदर्शन गर्ने योजना रहेको आयोजक नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले जनाएको छ । महासंघले थेजन,मोक्पो ,ख्यंग्जु, लगायत ठाउमा फिल्म प्रर्दशन गर्न चाहनेले महासंघका पदाधिकारीसंग सम्पर्क गर्न भनेको छ ।
फिल्म प्रदर्शनको बारेमा कोरियामा
०१०६४५३३०५०,
०१०६५३३७४३१,
०१०४८३३६९०८मा सम्पर्क गर्न सकिने जनाइएको छ ।