कोरियाको जिुन्जुमा डिसेम्बर १८ तारिखका दिन नेपालमा सफलता पूर्वक प्रदर्शन भईरहेको फिल्म जात्रा प्रर्दशन हुने भएको छ । नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले “आपतकालिन परोपकार कोष” स्थापना गर्ने उदेश्य सहित जिन्जुमा जिुन्जु कोरिया नेपाल समाजको सहयोगमा चलचित्र जात्रा प्रदर्शन गर्न लागेको हो ।
जिन्जुसंगै २०१७ जनवरी १ मा बुसान र जनवरी ८ मा थेगुमा प्रदर्शन गर्ने हल र स्थान तय भईसकेको महासंघका अध्यक्ष खेम कार्कीले बताए । नेपालमा पाएको सफलतासंगै विदेशको विभिन्न ठाउसंगै कोरियामा पनि फिल्म प्रदर्शन हुन लागेको हो । समाजमा पैसाको अवस्थालाई चित्रण गर्न खोजेको उत्कृष्ट पटकथा भएको जात्राले नेपाली दर्शकलाई तान्दैं गएको छ ।
नेपालमा मात्र नभएर जात्राले अष्ट्रेलियाको सिड्नी र पर्थका नेपालीको पनि मन जितेको छ । सउलमा डिसेम्बरको अन्तिम आईतबार पारेर फिल्म प्रदर्शन गर्ने योजना रहेको आयोजक नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले जनाएको छ । महासंघले थेजन,मोक्पो ,ख्यंग्जु, लगायत ठाउमा फिल्म प्रर्दशन गर्न चाहनेले महासंघका पदाधिकारीसंग सम्पर्क गर्न भनेको छ । जीन्जुको लागि ख्यगनाम ख्वाहाक्कीसुल देहाक्यो जीन्जु बस टर्मिनल नजिक कबड्डी कबड्डी,विर विक्रम छक्कापन्जा प्रर्दशन हल जीन्जुको लागि
सम्पर्क
योगिता गौतम ०१०५४७५८४१०
सजना गुरुंग ०१०४००३२५३५
नवीन पुडासैनी ०१०२२३१९१९९
खेम कार्की ०१०६४५३३०५०
नेत्र पौडेल ०१०२३८५८८०४
बुसान जनवरी १ थेगु जनवरी ८ कोरियाको अन्य शहरहरुमा पनि चाडै प्रदर्शन हुदैंछ
फिल्म प्रदर्शनको बारेमा कोरियामा ०१०६४५३३०५०, ०१०६५३३७४३१, ०१०४८३३६९०८मा सम्पर्क गर्न सकिने जनाइएको छ ।