नबुझ्दै सकिएको कथा
लघुकथा
सडकको छेउको एउटा पेटिमा सानो टोकोरी लिएर एउटि नारी भिख माग्दै थिइन । बोलिमा मलिम स्वर हातखुट्टा हल्का लुलो जस्तै देखिने कुनै नारी थिइन उनी ।सडकको चिल्ला गाडी कारहरुको हुँइकाई! कोहि दयालुको नजरमा परे एक दुई रुपैयाँ दान पाउथिन उन्ले सन्सार पनि बिचित्र कोहि दुखी कोहि सुखी कोइ कस्ता कोइ कस्ता आज म सधैं झैँ क्याम्पस गएर फर्किदै थिए फेरि त्यो असहय नारिलाई देखे । मलाइ सधै कौतुहलता बढिरह्यो त्यो नारी को हुन किन यस्तो अवस्थामा उनी जीवन भोग गरिरहेछिन भनेर मेरो मानबिय सम्बेदनाले सधैं झस्काइरहन्थ्यो ।
सदा झैँ त्यै गल्ली सडक हुँदै क्याम्पस जाने क्रमहरु चलिरह्यो । कता कता सडकमै सिद्दिन लागेको जिवनको एउटा कथाको एक अंश जान्ने मनमा इच्छा जागिरह्यो ।क्याम्पसको विद्यार्थी म दैनिक आफ्नो पढाइ गृहकार्य आदिले सधैं ब्यस्त। उनी रात परे पछि कहाँ जान्छिन के खान्छिन भन्ने कौतुहल्ता लागिरहन्थ्यो तर समय मैले पटक्कै निकाल्न सकेको हैन । एक रात जसरी भए नि ती असाह्य नारिको बास्तबिकता खोतल्ने अठोट गरे भोलि म क्यामपस को क्लास छुटाएर सोध्ने निर्णय गरे त्यो रात ।
चैत मासको बेला हावा हुन्डरी चट्याङ संगै बहुलाएर आयो रात भर पानी वार्षिरह्यो नजिकैको शहरका कुकुरहरु रुवाइ मिसाएर रात भर पानीको दर्काई संगै रात अशान्त पारिरह्यो। मेरो कौतुहल्ता भोलिको बिहानी संगै एउटा कसैले वास्ता नगरेको बुझ्न नचाहेको जिवनको कथाको बास्ताविकता खोतल्ने आशामा त्यो रात निन्द्रा भागिरह्यो भोलि कसरी सोध्ने के भनेर बोलाउने सोध्ने इत्यादी मनमा कुरा खेलाइ रहे ।
त्यो रात निक्कै लामो भैदियो के गरि पनि रात छर्लङ्ग भएन कसैले कुनै नयाँ मान्छे भेट्नु आट्दा 5मिनेत घन्टौ लागे झैँ यस्तै यस्तैमा बिहानिको पर्खाइमा म कोल्टे फेरिरहे।यो मन पनि कस्तो थोरै कुराको पर्खाईमा अतालिने बर्सौ देखि एकतकले उभिरहेको मुर्ति जस्तै कहिले नथाक्ने हुनु नि । न नाताले कोहि थ्यो असह्य नारी न त्यो उस्को बास्तबिकता थाहा पाएर म के नै पो गर्न सक्थे तर पनि जान्ने भएर उस्लाई सोध्ने मनासाय लिरहे ।
बल्ल पुर्वमा घामको अवतरण भो पहेलो हुँदै डाडा छिचोलेर कसैको आशा खुशी लिएर त कसैको लागि खुशी लुतेर आउदैथ्यो उज्यालो।
म पनि उठे उज्यालो संगै आजको विशेष योजना अनुरुप आज कसैको बिगत खोतल्न लाग्दै थे। क्यामसको युनिफर्म लगाएर कसिए त्यो बाटो त्यो गल्ली जहाँ त्यो असाह्य नारी भिख माग्थी परै बाट दुई चार जानाको हुलले केही हेरिरहेको देखे म पनि त्यतै हुइकिए बेस्सरी पाईला फालेर त्यो भिडमा मैले बुझ्न खोजेको कथाको पात्रा मृत्यु वरण गरिसकेको थिइन रात भरको हावा हुरि संगै ससन्सारलाई छोडिसकेकी रहिछन मैले बुझ्न नपाई एउटा कथा त्यै पेटिमा सेलाकी थिईन एक छिन पछि पुलिस हरु आए उठाए लगे कता अन्त्य गरे के थाहा भएन ।
यसरी कति छ्न ब्यावारिसे आमा बुवा हरु कति हो कति सहरमा यसरी एउटा महत्त्वपूर्ण जिवन कसैको बिना अस्तित्व सेलिरहेको हुन्छ पक्कै तिनिहरु रहरले त्यसो ब्यवारिसे जीवन बिताएका होइन होला उनिहरुको बेदना रोदन पक्कै होला कसैले बुझ्न खोज्यो कि खोजेन ठाउँ मा होला…मानबिय बेदनाका वस्ताबिक नालिबेली हरु यसरी थाहा नहुदै सकिरहेका छन ।