कथा
एका देशमा एउटा ठूलो गाउँ थियो। प्रकृतिको सुन्दरताले भरिपुर्ण त्यो गाउँ जहाँका हावाहरुमा सुगन्धित फूलका बास्नाहरुले भरिएका, पानीहरु पहराको यौबनले भरिएका, जहाँका फूलहरु अप्सराका मुहारको प्रतिबिम्बाहरुले भरिएका, जहाँका माटोहरु बुद्धका बानिहरुले भरिएका थिए। मान्छेहरु थिए, देउताका पुनर्जन्म लिएका जस्तै। सुन्दर गाउँ जस्को नाम सुन्दै मान्छेहरु धन्य महसुस गर्थे। सँसार भरी सबै देशहरुमा त्यस गाँउको नाम फैलिएको थियो। सबै देशका मान्छेहरु स्वर्ग भनेर त्यस गाँउमा घुम्न आँउथे। त्यहाँका मान्छेहरु पनि अत्यन्तै मिलानसार थिए। सवैको भलो चाहान्थे। एक अर्कामा मिलेरै बस्दथे। तर तिनिहरु ज्यादै गरिब थिए। खेतीपातिको भरमा जीवन गुजार्थे। तर पनि तिनिहरु खुसी थिए। एक अर्कालाई आपात पर्दा सहयोग गर्दै जीवन जिउँदथे। पाहुनालाई भगवान नै सम्झनथे र आपात परेकालाई सहयोग गर्नु, सरण दिनुलाई धर्म सोच्दथे।
तर अचम्मको कुरा के थियो भने त्यस गाउँमा एउटा जादुको कुर्सी थियो। तर कसैलाई पनि आफ्नो गाँउमा जादुको कुर्सी रहेको कुरा पत्त्तै थिएन। जादुको कुर्सी अचम्मको थियो। जुन कुर्सीमा बसे पछि मनले चाहेको सबै पूरा हुन्थ्यो र त्यो सिङ्गै गाउमाथि राज्य गर्न पाउथ्यो। तर कसैलाई पनि यो कुरा पत्तो थिएन। पत्त्तो होस पनि कसरी? हरदिन रुखो माटो जोत्दै र खन्दैमा बित्दथ्यो त्यहाँका मान्छेहरुका दिन। एक समयको कुरा हो। कुनै एक अर्को देशमा ठूलो धार्मीक् लडाँई भयो। त्यहाँका बहुल जाती र बहुल धार्मिक मान्छेहरुले त्यहाँका अधिकाम्सा अन्य जाती र धर्मका मान्छेहरुलाई जिँउदै काट्ने र गाड्ने गर्न थाले पछि आफ्ना ज्यान जोगाउनका लागि त्यहाँका ती मान्छेहरु अन्य देशमा भाग्न थाले र शरण लिदै बस्न थाले।
र एक दिन तिनै भाग्ने मान्छेहरुका एक हुल मान्छे त्यस गाँउमा पनि आईपुगे। सबै मान्छेहरु खाना नापाएका जस्तै मरन च्याँसे देखिन्थे। कसैका नाक लामो र मुख भित्र पसेको थियो। कसैका मुख लामो र आँखा चिम्से थिए। नबुझिने भाषामा छिट्टो छिट्टो बोल्थे। ती सोझा किसान गाँउका मान्छेहरुले ती हेर्दै दयालाग्दो मान्छेहरुलाई बास दिए। पाहुना आँउदा भगवान सम्झने ती सोझा किसान गाँउका मान्छेहरुले आफू भोकै, नाङगै र दुख खपेर पनि तिनिहरुलाई शरण दिए। समय बित्दै गयो।
वसन्त ऋतुले धेरै पटक त्यो गाँउको मुहारमा सुन्दारता थपी दिए। तिनै हरेकौँ वसन्तसङ्गै ती नया मान्छेहरुले सन्तान जन्माउदै गए। ती सोझा किसानहरु दिनरात मेहनत गरी ती मान्छेहरुलाई खुवाई रहे। तिनिहरुका खुसिमा मुस्काई रहे। समय बित्दै गयो। ती नया मान्छेहरुका सन्तानले पनि सन्तान जन्माए। हुँदाहुँदा कालन्तारमा ती गाउँका मान्छेहरु भन्दा धेरै भए नयाँ मान्छेहरु। ती मान्छेहरुको आफ्नो जमिन थिएन। आफ्नो घर थिएन। ती गाँउलेहरुले दयाले बनाई दिएका घरमा बस्थे। गाँउलेले ल्याईदिएका अन्नपातका भरमा पेट भर्थे। तर यो कुराले तिनिहरु खुसी थिएनन्। एक जना बृद्ध सधै कसरी ती गाँउलेको जमिन र गाँउमा शासन गर्ने भनेर सोचिरहन्थे।
एक दिनको कुरा हो। एक जादुगर त्यस गाँउमा आईपुगे। बृद्ध ब्याक्तिले त्यस जादुगरलाई भब्य स्वागत गरे। गाँउका सबै मान्छेलाई मिठा खानेकुरा मगाएर भोजन गराए। रातभरी जादुगरसङ्ग वृद्ध ब्यक्तिले गाँउको बारे भने। वृद्धको कुरा सुनी सके पछि जादुगरले यस गाँउमा जादुको कुर्सी रहेको र त्यस कुर्सिमा बसे पछि मनले चाहेको कुरा प्राप्त गर्ने कुरा बताए। र त्यै कुर्सीबाटै गाँउको समस्य हटाउन सकिने कुरा पनि बताए। के खोज्छ्स कानो आँखो भने जस्तै वृद्धले आफ्नो योजाना पूरा गर्ने कसि पाएको महसुस गरेर खुसी हुँदै जादुगरसङ्ग त्यो जादुको कुर्सी रहेको स्थान बारे सोध्यो। गाँउकै भलो गर्ने बचन दिए पछि ती जादुगरले सबै बाताई दिए। जादुगरले भने जस्तै गरि धेरै दिनको उकालो चढेपछि त्यो वृद्ध ब्यक्ति जादुको कुर्सीरहेको स्थानमा पुग्यो। डाँडा र सुन्दर भुमिमा थियो त्यो जादुको कुर्सी।
डाँडैभरी गुँरासका थुङ्गाहरु मुस्कुराई रहेको, अग्लो चट्टानबाट पहराहरुमा ठोकिदै कलकल आवाजमा झर्ने झरना, साँचै जादुले नै बनाएको जस्तो देखिन्थ्यो। जादुगरले भने जस्तै जादुको कुर्सी देख्ने बितिकै वृद्धले आफ्ना चोर औँला कमलको पुष्पभित्र छिराए तत्कालै एउटा लहरा लहरिदै आइपुग्यो। वृद्धले लहरलाई च्यप्प पगडे र तत्कालै औँला झिकेर लहरमा झुन्डिहाले। लहराले तान्दै वृद्धलाई जादुको कुर्सीमा बसाले। जादुको कुर्सीमा बस्ने बितिकै जादुको कुर्सिले बोल्न थाल्यो। ‘ भन के चाहान्छौ?’ पुर्ब योजना मुताबिक वृद्धले ‘यो गाँउमाथिको शासन युगौँयुगसम्म’ भनेर चिच्याए। कुर्सिले ‘भईजान्छ अर्को माग’ भने पछि वृद्धले पुन: पुर्बयोजना मुताबिक भने। ‘कहिल्यै हामी बाहेक अरुलाई शासन गर्न नदिउन्…………….’
जादुको कुर्सीलाई समथर भागमा सारियो। त्यहाँ सबै घरहरु भत्काएर दरबार बनाए। त्यहाँ पुराना सम्रचना भत्काएर नयाँ सहर निर्माण गरे। ती सहर निर्माणका लागि नजिकै गाँउबाट सपाटी ऋण चलाए। कति भुभागहरु बेचिए। कयौँ त्यहाँका मुलबासीलाई नोकरको रुपमा बेचिए। त्यस गाँउमा आधुनिक सहर तयार भए पछि वृद्धले शासन सुरु गरे। सबै जग्गा जमिनहरु आफ्ना सन्तानका नाममा दिए। ती मुलबासीहरुलाई आफ्ना कामदार तथा दासिको रुपमा प्रयोग गर्न थाले। आफ्नै भाषालाई जबर्जस्ती बोल्न लगाए।
ती मुलबासिहरु डर र क्रासकै कारण आफ्ना भाषा छोडेर नया भाषा बोल्न सुरु गरे तर पनि आफुले बोलेको भाषा आफैले बुझेनन्। आफ्ना चाड छोडेर नया चाड मनाए त्यो पनि आफुहरुको स्वतन्त्र गुमेको दिनलाई बिजयदशमीको रुपमा। वृद्धको निधन पछि त्यस गाँउको सासक उस्कै जेठा छोरा भए र उस्ले नै नियम बनाए ‘ जेठा छोराले मात्र शासन गर्न पाउने।’ तर यी कुराहरु अरुले सहन सकेनन् र आफुले पनि शासन गर्न पाउनु पर्ने होडमा कुर्सी हत्याकाण्ड घटाए। जहाँ सबै जेठासासकहरुको सन्तानको एकै चिहान बनाए। माईलो सन्तानमा शासन सर्यो तर अरु पनि शासन गर्न पाउनु पर्ने होडमा थिए। किनकी जस्ले शासन गर्थ्यो तिनिहरुले कालो धन कमाउन पाउँथे र जीवन स्तर नै अर्कै हुन्थ्यो।
हुन त मुलबासिलाई खेतवारीमा अल्मलाएर गाँउका सजिला र उच्च तहका कामहरु सबै तिनै नया मान्छेहरुले गर्थे तर पनि चुपचाप सुइकार गर्दै बस्दथे मुलबासीहरु। जादुको कुर्सीको मोहले कयौँ घटना घटाए पछि अन्तत एकलौटी शासन पछि जन सासनको सुरु भयो। सासक तिनै नया मान्छेहरु भए भने जन तिनै मुलबासीहरु। जनले छानेको मान्छेले मात्र जादुको कुर्सीमा बस्न पाउने नियम बन्यो। तर पनि त्यो जादुको कुर्सीमा बस्ने मोहले कसैलाई छाडेको छैन। आजभोली पनि त्यो एका देशको त्यो गाँउमा तिनै जादुको कुर्सीमा बस्नकै लागि राजनिती, बन्दा, ढुङ्गामुढा, हानाहान गरिराख्दछ्न् ती नया मान्छेहरु।