कोरियामा लिम्बुसमुदायले चासोक ताइ०नाम मनाए
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियामा विभिन्न सिलसिलामा रहेका लिम्बु समुदायले आफ्नो सांस्कृतीक पर्व चासोक तइ०नाम गत आइतबार सउलमा भेला भएर भब्यरुपमा मनाएका छन् । किरात याक्थुम चुम्लुइ० कोरियाको नेतृत्वमा आयोजना गरेको कार्यक्रमलाई औपचारिक र सांस्कृतीक दुई भागमा विभाजन गरी सम्पन्न गरिएको थियो ।
औपचारिक कार्यक्रममा प्रमुख अतिथि सउल राजदूताबासका श्रमसहचारी देवराज ढकालले नेपालमा रहेका विभिन्न जातजातिहरुको मौलिक पर्व र चाडहरुलाई सबैले माया गर्नुपर्ने बताए । साथै विषेश अतिथि आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तानले नेपालमा रहेको बिभिन्न जातजातिहरुको चाडपर्बलाइ राज्यले सम्मान नगरेर बेवास्था गरेको गुनाशो राख्दै आगामी दिनमा संविधान सम्शोधनमा सबैको पर्बहरुलाइ मान्यता दिनु पर्ने धारणा राखे ।
कार्यक्रममा नेपालबाट आएकी उदयमान गायिका सुनिता थेगिमलाई नौ लाख वन राशी सहित सम्मान गरिएको थियो । सुनितालाई थेगिम बंशले सम्मान गरेको अगुवा टिका थेगिमले जनाए । साथै गायक ब्रविन सेर्मालाई किरात याक्थुइ० चुम्लुइ०ले सम्मान गरेको थियो । सांस्कृतीक कार्यक्रममा गायिका सुनिता र नेपालबाट आएका मुन्धुम गायक ब्रविन शेर्माले गीत संगीत प्रस्तुत गरी दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । साथै मौलिक बाजा गाजा सहित लिम्बुको मौलिक केलाइ० नृत्य पनि प्रस्तुत गरिएको थियो । केलाइ० (च्याब्रुइ०) नृत्य लिम्बु समुदायको विभिन्न पर्वमा विषेश प्रस्तुत गरिने गर्छन ।
कार्यक्रममा लिम्बु समुदायको मौलिक पहिरणमा सजिएका केही युवा युवतीहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा लिम्बु समुदाय बाहेक गैर लिम्बु तथा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थीति रहेको थियो । प्रवाशी मजदुर युनियनका अध्यक्ष उदय राई र एमडब्लु टिभीका प्रमुख जइ० हे सिललगायत विभिन्न संस्थाका प्रतिनिधीहरुले शुभकामना दिएका थिए ।
चासोक तइ०नामलाई लिम्बु समुदयाले अन्नबाली पाकेपछि पहिलो पटक खाने संस्कारलाई न्वाँगीको रुपमा मनाउने गर्छन् । साथै लिम्बु समुदायको छुट्टै नयाँ वर्ष शुरुवातको रुपमा पनि मनाउने गर्छन । त्यसैले लिम्बु समुदायको धार्मिक ग्रन्थ मुन्धुम अनुसार यसपाली ५०७६ औ वर्षको शुरुवात भएको छ ।