Advertisement
SKIP THIS

नाटक घर निर्माणको लागि कोरियामा आर्थिक संकलन सुरु


 सोल, निर्माणाधीन पोखरा नाटक घरको लागि दक्षिण कोरियामा आर्थिक संकलन सुरु गरिएको छ । राजधानी बाहिरको पहिलो नाटक घर निर्माणका लागि दक्षिण कोरियामा रहेका केहि युवा आर्थिक संकलनका लागि सक्रिय भएर लागेका छन ।
युथ कृयसन थिएटर पोखराको अगुवाइमा निर्माण भइरहेको नाटक घरलाई आर्थिक अभावमा हुन नदिन आर्थिक संकलन सुरु गरिएको युवाहरुले जानकारी गराएका छन । गोरेटोका सहयात्री समुहमा आवद्ध युवाहरुले आर्थिक संकलन अभियान सुरु गरेका हुन । दुइ बर्ष अघि देखि निर्माण सुरु गरिएको नाटक घर आर्थिक अभाव र नाकाबन्दीका कारण काम रोकिएर निर्माण कार्य ढिलो हुदै आएको थियो । केहि समयदेखि निर्माणमा तिब्रता पाइरहेको नाटक घरको ७५ प्रतिशत निर्माण कार्य सकिएको छ ।
काठमाडौं बाहिर नाटक घर संचालन हुनु सुखद पक्ष भएकोले दक्षिण कोरियामा पनि युवाहरुबाट आर्थिक संकलन शुरु गरिएको सहयात्री समुहमा आवद्ध कास्कीका फणिन्द्र भण्डारीले जानकारी गराए । सुरुमा केहि साथीहरु मार्फत सहयोग गर्न लागिएको तर धेरै युवाहरुले नाटक घर प्रति चासो देखाएकोले आर्थिक संकलन कार्य लम्बिएको भण्डारीले बताए । संकलित रकम केहि दिनमा नाटक घर निर्माण समितीलाई हस्तान्तरण गरिने उनले बताए ।
राजधानी बाहिर रंग मन्च निर्माण हुनु र कला पारखीहरु फैलिएको प्रति इलामका गणेश पौडेलले खुसि ब्यक्त गर्दै भने नाटक घर निर्माण पश्चात सहयोगको सार्थकता हुनेछ । एक सय ६० जनाको क्षमता रहेको नाटक घर दश बर्षको लागि एक एनजीओको जग्गा भाडामा लिएर पोखरा नागढुंगामा निर्माणाधीन छ । तिस लाख लाख रुपया लागत अनुमान गरिएको नाटक घर माघ महिना देखि संचालन हुने युथ कृयशनले जानकारी गराएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • वनभोज सँगै संस्थाको १५ औँ अधिवेशन गर्दै तनहुँ समाज कोरिया
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • रेकर्ड ब्रेक गर्दै यो साता कोरियाको ६ शहरमा ‘अञ्जिला’ प्रदर्शन हुने
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...