कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपाली कामदारको मृत्यु
फोनिज कोरिया संवादाता
सउल
दक्षिण कोरियाको ख्यावांजुमा औधोगिक दुर्घटनामा परी नेपाली कामदार उत्तम पंगालीको मंगलबार निधन भएको छ । सुर्खेत साटाखानी चौरासे ४ निवासी २४ वर्षिय उत्तमको कम्पनीमा काम गर्नेक्रममा दुर्घनमा परेका थिए । साँझ ४ बजे तिर मेसिनको फितामा बेरिएका उत्तमको घटना स्थलमै निधन भएको नेपाल सम्पर्क समिती दक्षिण कोरियाका सदस्य किरण विसीले जनाएका छन् ।
मृतक उत्तम ६ महिना अघि इपिएस मार्फत कोरियामा काम गर्न आएका थिए । मृतकको शब हाल ह्वासुन खोरे अस्पतालमा राखिएको छ । ख्वांजु शहरबाट ३० मिनटको दुरीमा हवासुन स्थित एक कंक्रीट बनाउने कम्पनीमा उनी काम गर्दै थिए । सोही कम्पनीमा दिवामा सिफ्टमा ३ र रात्रीमा ३ गरी ६ जना नेपाली कामदार रहेका छन् ।
उनको दुर्घटना बारे कोरिया स्थित दुताबासमा र नेपाल परिवारलाई पनि जानकारी गराइसकेको छ । परिवारमा तीन दाजुभाइ मध्ये मृतक उत्तम जेठो छोरो हुन भने २ जना भाई र एक बहिनी रहेका छन् ।