थेगुमा ग्लोबल आई एम ई बैंकको सेवा प्रदान हुने
सोल – ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्टि्रयल बैंक अफ कोरिया (आई बिके) बीच रेमिटेन्स कारोवारका लागि सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले रेमिट्यान्स पठाउन सेवा पाउदै आएका छन् |ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि डिसेम्बर १७ र १८ तारिख देगुमा रहेको बालाजी रेस्टुरेन्टमा सेवा दिने भएको छ |कोरियाको देगु क्षेत्र आसपासकामा रहेका नेपालीहरुलाई सेवा लिनको लागि ग्लोबल आई एम ई बैंकका कोरिया प्रतिनिधि नबिन सुबेदीले अनुरोध गरेकाछन् |
सेवाहरु
ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्टि्रयल बैंक अफ कोरिया (आई बिके) को खाता खोल्न सकिने |
आई बि के बैंकमा खाता भएकालाई स्मार्ट बैंकिंग मार्फत नेपाल पैसा पठाउन सकिने |
अन लाइन बैंकिंग मार्फत नेपालमा रहेका आफन्तको ग्लोबल आई एम ई बैंकको खातामा रकम ट्रान्सफर गर्न सकिने |
भिजा सकिएर बसेका नेपालीहरुलाई पनि खाता खोलि रकम पठाउने व्यवस्था |
ग्लोबल आई एम ई बैंकको खाता नम्बर तुरुन्तै पाइने |
खाता खोल्नको लागि चाहिने कागजात
पासपोर्ट , एलाइन कार्ड ,फोटो
खाता खोलिने मिति :२०१६ डिसेम्बर १७ र १८ तारिख
समय :सनिबार दिउसो १ बजे देखि ७ बजे सम्म / आइतबार बिहान ९ बजे देखि बेलुकी ७ बजे सम्म
स्थान बालाजी रेस्टुरेन्ट थेगु
सम्पर्क को लागि नबिन सुबेदी ०१०३२९२९०२०