शेर्पा संघ दक्षिण कोरिया द्वारा सलनाल मा साँस्कृतिक कार्यक्रम गर्ने……
फोनिज कोरिया संवाददाता
सउल
शेर्पा संघ दक्षिण कोरिया द्वारा कोरियाको दोङदेमून स्थित बसेको बैठकले नजिकैदै गरेको कोरियन नयाँ वर्ष (सलनाल) मा नेपालीहरुको मौलिक चाड “मे फो च्या लो ” २१४४ औ ग्याल्पो लोशारको अवशर पारेर शेर्पा संघ कोरिया द्वारा ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने शेर्पा संघको अध्यक्ष सेर साङबो शेर्पाले बताउनु भयो।
कार्यक्रमलाई भब्य सफल पार्न नेपालबाट नव चर्चित गायक लक्पा शेर्पा र डि जे ङवाङ कोरिया आउने भएका छन्। कार्यक्रममा लोशारको शुभकामना आदान प्रदान गर्नुको साथै कोरियामा रहेका नेपाली दाजु भाई दीदी बहिनीहरुको तनाब थकान कम गर्न मोनोरंजन होश भन्ने हेतले गायक लक्पा शेर्पा र स्थानीय कलाकारहरूको बेजोड प्रश्तुतीका साथै डीजे सेसन हुने भएको अध्यक्ष शेर्पाले बताउनु भयो ।
कार्यक्रम सौलको छुंगक याकमा जनवरी 28 तारिक साँझ 6 बजे देखि बिहान 6 बजे सम्म हुने आयोजक कमिटिले बताएको छ । शेर्पा संघले आपातकालीन राहात कोष स्थापनाको लागी अंग्रेजी नयाँ वर्ष जनवरी 1 तारिकमा खोल्ने भनिएको भाग्यशाली बम्पर उपहार योजना कार्यक्रमलाई पनी मिती सारी सलनाल 28 तारिक लोशार कार्यक्रममा नै खोल्ने भएको छ ।
जनवरी 28 तारीको दिन हुने उक्त ग्याल्बो लोशार कार्यक्रममा सहभागी भई सोभा बढ़ाई दिनु हुनको लागी कोरियामा रहेको सबै नेपाली दाजू भाई तथा दीदी बहिनीहरुमा संघले आह्वान गरेको छ।