बगिराछ आँखाबाट, हुँदै पानी पानी
गजल
बेच्न मिल्ने भए बेच्थेँ, मनको पिर कहानी।
सधै रुन पाउने को छ, म झैँ भाग्यमानी?
ईन्द्रेणी झैं झरीसङ्ग, सधै रुझ्नु पर्ने
के ल्याएछु घामपानीको, मैले जिन्दगानी।
गुलाफको तरेलीमा, थमाएथेँ जिबन
टिपिन् गुलाफ सजाई राखिन्, सुकाई जानीजानी।
माया भन्नु फूल रैछ, र त टिपि सुकाई
फुलबिनाको के काम भो र, मनको फुलदानी।
नयन भरी सजाएको, मेरो जिन्दगी त्यो
बगिराछ आँखाबाट, हुँदै पानी पानी।