सउल, अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कोरियाले जनवरी २९ तारिकका दिन महाधिवेशन गर्ने भएको छ । कोरियनहरुको महान चाड तथा प्रबासी मजदुरहरुको लामो बिदालाइ मध्यनजर गरेर उक्त मितिमा महाधिवेशन गर्न लागेको हो ।
पार्टी स्थापनाको छोटो समयमै कोरियाभर आफ्नो संगठन बिस्तार गरेर चर्चामा आएको नयाँ शक्ति कोरियाले आफ्नो पहिलो महाधिवेशन भब्यताका साथ गर्ने जनाएको छ । महाधिवेशनलाई सफल पार्न संयोजक हेमन्त पुनको सम्योजकत्वमा सचिबालय र केन्द्रिय परिशदलाई मुल आयोजक कमिटी बनाएर विभिन्न बिभागहरु गठन गर्दै जिम्मेवारी समेत बाडफाड गरेको छ ।
त्यसैगरी सल्नाल अबधीभर कोरियामा रहेका अन्य संघसस्था हरुको पनि विभिन्न मनोरन्जनात्मक तथा सामाजिक कार्यहरु हुने भएकोले जनवरी २९ तारिकका दिन कुनै पनि संघसस्थालाई असर नपर्ने गरि महाधिवेशन मिति तय गरिएको सम्योजक हेमन्त पुनले बताएका छन ।
नयाँ शक्ति कोरियाले गत सेप्टेम्बर १६ तारिकका दिन नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई को प्रमुख आतिथ्यमा बृहत् खुल्ला भेला तथा भाब सम्प्रेषण कार्यक्रम लाई ऐतिहासिक रुपमा सफल गरेको थियो ।