तमु च्यह ल्हो ल्होछारको तयारी पूरा, आइतबार सबैलाई निम्तो
सोल ,
तमु धीँ दक्षिण कोरियाले आयोजना गर्न लागेको तमु च्यह ल्होछारको तयारी पूरा भएको छ । तमु जातिको महान साँस्कृतिक पर्व तमु ल्होछार हरेक वर्ष आयोजना गर्दै आईरहेको धीँले ल्होछार कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो ।
ल्होछारको तयारीबारे जानकारी गराउँदै तमु धीँका अध्यक्ष प्रदीप गुरुङले यसपाली ल्होछार कार्यक्रम भब्य हुनेमा आशावादी ब्यक्त गरे । अघिल्लो ल्होछारको तुलनामा यो वर्ष ल्होछार कार्यक्रममा विभिन्न तमु मौलिक साँस्कृतिक प्रस्तुतिहरुको साथमा सुविधासम्पन्न हलमा आयोजना गर्न लागिएको जानकारी गराए । प्र ल्हो ( बाँदर वर्ग)को बिदाई र च्यह ल्हो ( चरा वर्ग)को स्वागत गर्दै मनाउन लागिएको ल्होछार नेपालमा पन्ध्र पुसको दिन मनाए पनि विदेशमा तिथि नमिल्नले पायक परेको दिनमा मनाईदै आईरहेको छ ।
तमु मौलिक संस्कृतिको सोरठीँ नृत्यलाई विशेष रुपमा प्रस्तुत गर्ने योजनामा रहेको जानकारी गराउँदै साँस्कृतिक संयोजक सतिश गुरुङले भनेू तमु जातीभित्र लोकप्रीय सोरठीँ नृत्यको विशेष प्रस्तुतिसंगै यो वर्षबाट कोरियामा क्रियाशिल जातिय संस्थाहरुले हरेक वर्ष दुईरदुई समाजको दरले मौलिक संस्कृति झल्किने झाँकी प्रस्तुति दिने ब्यवस्था मिलाइएको बताए । यो वर्ष मगर संघ र तामाङ संघले तमु ल्होछारमा साँस्कृतिक प्रस्तुति दिने गुरुङले बताए ।
नेपाली स्वादिष्ट दिवा भोजको ब्यवस्था पनि रहेको ल्होछार कार्यक्रम जनवरी १ तरीकामा छोङ्गरोगु छाहामुन्रोको एडब्लु कन्भेन्सन सेन्टरमा हुनेछ । कार्यक्रम दिनको १२ बजेबाट सुरु हुने भएकोले कोरियामा क्रियाशिल संस्थाहरु, गुरुङ एवं गैर(गुरुङ सबैलाई उपस्थित भैदिनु तमु धीँ कोरियाले आग्रह गरेको छ ।
कार्यक्रम हुने स्थल र जाने तरिका निम्न
स्थान :- 03021 울특별시 종로구 자하문로255 (부암동162-3)
AW Convention Centre , seoul
समय :- दिनको १२ बजे देखि
जाने तरिका :-
लाइन नम्बर १ छोङ्गरो ओ गा को गेट नम्बर ४ देखि बाहिरीएर १२० मिटर अगाडि पाइने बस न ७२१२ चढेर सुरुङ पार गर्ने बित्तिकै हारिमगाम बस स्टेशनमा ओर्लिने र त्यहाँ राखिएको way arrow फ्लो गर्दै आउन सक्नु हुनेछ।