रेष्ट समय
कथा
धेरै समय पछि, लगभग पाँच बर्षको अन्तराल पछि म आफ्नो गाउँ फर्किएँ। सुन्दरताले चकमन्न मेरो गाउँ। जहाँको सुन्दरताको धरातालमा टेकेर मैले मेरा आधा जिन्दगी काटेको थिएँ। तिनै माटोमा मैले सबै मेरा बाल्यकालका दिनहरु रोपेको थिएँ। त्यो भाष्मे पाखा, दाउबारी, डुण्डुप भिर, रातोमाटे डाँडा सबैका माटोहरुमा घस्रदै, चिप्लिदै र मुछिदै बिताएका थिएँ मैले मेरा बाल्यदिनहरु। त्यहाँका माटोहरुमा कति पसिनालाई रोपेर जिबिका चलाएका थिए मेरा पुर्खाहरुले। तिनै सुन्दर मेरा जन्मभुमिमा फर्कदै गर्दा मेरो मनमा छुटै उल्लासले भरिएको थियो। झन त्यो भन्दा बढी त आमाबा र आफ्ना प्राण प्रियालाई भेट्न पाउने खुसिले मन प्रफुल्लित भएको थियो। गाँउलाई चिर्दै जाने मोटोर बाटो चौडा बनाउने काम हुँदै रहेछ त्यसैले मोटोर तल बजारसम्म मात्र जाँदो रहेछ। बजारसम्म मोटोरले पुर्याए पछि त्यहाँबाट घरसम्म हामी हिन्दै जाने भयौँ।
बर्षायामको समय भएर होला। आकास धुम्मिएर पानी पर्ला जस्तो देखिन्थ्यो भने कामको ब्यस्तताले होला सधै जस्तो मानिसको चापले भरिने बजार अलिका सुनसान जस्तै देखिन्थ्यो। बजारका पसलका ढोकाहरु पनि अधिकाम्सा बन्द देखिन्थे। हामी अलिका परा कुनाको होटलमा पसेर खाजा खायौँ र उकालो लाग्यौँ आफ्नै प्राण भुमितिर।
मोटोर बाटो चौडा बनाउदा फालिएका ढुँगा, माटोले गोरेटो बाटोहरु अलि असहज र अपठ्यार बनाईदिएको रहेछ त्यसैले हामीले मोटोर बाटो हुँदै जाने भयौँ। मोटोर बाटो साँचै कति फराकिला र राम्रा बनाएछन्। त्यही मोटोर बाटो हुँदै जाँदै गर्दा मलाई बल्याबेलाको याद आयो।
हामी मोटोर चढ्न भने पछि हुरुकै हुन्थ्यौँ। मोटोरका मान्छेहरु पनि दयावान हुन्थे र हामीलाई मोटोरमा राखेर सधै जसो बिदाका दिनहरुमा तल बजार ल्याएर छोडिदिन्थे र हामी अर्को मोटोरमा चढेर पुन: फर्कन्थ्यौँ। प्रया: स्कुल बिदाका दिनहरुमा। ती दिनहरुमा मोटोर बाटो त्यति राम्रो थिएन। मोटोरले हिनेर बनाएको लिगबाट बर्षमासमा पानीका भलहरु बगेर खोपिल्टा हुन्थे भने बाटो पनि धेरै बिग्रेको हुन्थ्यो। मोटोरमा चढ्दा त्यो बाटोकै कारण खुब उफार्थ्यो र हामी तिनै उफ्रिन पाउनुको मजाले मोटोर चढ्थ्यौँ र बजार आउथ्यौँ। अन्य यात्रुहरु भने सरकारलाई गाली गर्दै के के भट्याउथे। हामी भने झन खुब खुसीले चिच्याउथ्यौँ मोटोरले बजार्दा ‘आईया।’ सङ्गै हिनिरहेका साथीबाट थाहा पाएँ बिदेसी सरकारले बाटो बनाएको रहेछ। उ गाउकै स्कुलको शिक्षक हो। स्कुलको विशेष कामको कारण सहर गएको रहेछ सङ्गै फर्कदै थियौँ।
लगभग आधा घन्टाको उकालो चढे पछि हामी हाम्रो गाँउमा प्रबेश गर्यौँ। ती समयभरी हामी बिच बल्याकाल देखि म बिदेश छिर्नु अगिसम्म र म बिदेश गए पछि अहिलेसम्मका सबै कुराहरु गर्यौँ। गाँउको सुरुमै हामीले प्रथामिक शिक्षासम्म पढेको स्कुल थियो। स्कुलमा आईपुग्ने बितिकै स्कुलका भबनहरु ढलिरहेको र स्कुलको स्थिती अस्तब्यस्त देखेँ। भुकम्पले स्कुलका भबनहरु सबै भत्काएका रहेछन्। बाँसका भाटा र बाताले बानेर बनाएको स्कुलको आगानैको टहरा पनि सबै ढल्न लागेको घर जस्तै देखिन्थ्यो। केही वाँसहरुले आढ्याएर ढल्नबाट जोगाएको थियो। सरकार तथा अन्य दातृ सँगठनले नदेखेको हो वा देखेर पनि नदेखे झैँ गरेकोले हो स्कुलको अबस्था दुखलाग्दो थियो। स्कुलको अबस्था देख्ने बितिकै आँखाले पीडा सहन सकेन र आंखाले आफ्नो पीडा खसाल्यो आसुको रुपमा। दुई गालाका डाँडाहुदै झरे ती थोपाहरु र बिलाए तिनै माटोमा। जहाँ हजारौको भबिष्य बिलाएको छ।
स्कुलको अलि पर बुद्धका मुर्तिहरुले भरिएका गुम्बा थियो। गुम्बाको पनि स्थिती उस्तै थियो। भुकम्पले गुम्बालाई पनि छोडेन रहेछ। भुकम्पले ढालेको गुम्बाको भबनले बुद्धका मुर्तिहरु पनि सबै पुरिएका रहेछन्। खण्डहर भित्र पुरिएका बुद्धलाई देखेर मन झनै बढी अमिलियो। एक्पटक आमाले फोनमा भनेको कुरा जस्ताको त्यस्तै देखेर मन बढिनै अमलियो। बिकासले सधै पछि पर्ने मेरो गाँउको स्थिती देखेर मन सारै पिरोलियो। तर मैले के नै पो गर्न सक्थेँ र? अमिलो मन र गरुँगो पाईला अघि बढाउदै म आफ्नो घरको बाटो तिर मोडिएँ। शिक्षक साथी त्यहिबाटै उस्को आफ्नो घर जाने बाटो तिर मोडियो। पुन: भोलि भेट्ने बाचा गरेर।
साँझ परि सकेको थियो। बिस्तारै उज्यालोले आफुलाई दहमा डुबाउदै लाँदै थियो भने रातले हतारिदै पाईला अगि बाढाँउदै थियो। म पनि आफ्ना परिवारसङ्ग भेट्न हतारीरहेको थिएँ। त्यसैले पाईला अलि छिटो चलाउदै थिएँ।
तर पनि घर पुग्न अझै केही मिनट हिन्नु पर्ने थियो। झरिले रसिएका माटोहरु मलाई चिप्लाउदै लडाउन खुब तम्सिएको जस्तो अभास गरेँ घरीघरी चिप्लिने पाईलाबाट। चिप्लिदै हिँड्दा हिँड्दै अलि परको पिपलको बोटको चौतारीमा सुस्ताउन चाहेँ र एकै छिन आफुलाई त्यहाँ बिसाएँ। त्यहाँ पिपलबोट बाहेक केही थिएन। पिपलबोटै मुनि बनाएको घुमाउरो चौतारी पनि आधा भत्केको थियो। अनि छेवैमा उभिएको चिया पसल पनि थिएन्। तिनै चिया पसल, जहाँ पुसको जाडोमा न्यानो घाम ताप्दै बुढापाकाहरु आफ्ना यौबनका कथाहरु सुनाउथे। गोर्खे पल्टनेहरु युद्ध र बिराताका कथाहरु सुनाउथे। जनयुद्धमा होमिएका युबाहरु सान्ती पछि तिनै चिया पसलमा उभिएर बिगतका क्रान्ती र युद्धका ब्यथाहरु सुनाउथे। गोठालाहरु तिनै चौतारीमा सुसाउदै बासुँरीका धुन सङ्गै बसन्तलाई डाक्दथे। हामी युबाहरु तिनै चौतारीमा बसेर औँलाले ईसारा गर्दै गाँउभरी बिकासका खाका कोर्थ्यौँ। खाने पानीका धाराहरु, बिजुलिका खम्बाहरु, मोटोरबाटो र पार्किङ स्थलहरु सबै औँलाका ईसारामा गाउँ भरी बनाँउथ्यौँ। किसोरहरु तिनै भन्ज्याँङ्बाट साउने पँधेरीबाट कम्मरमा घैँटिबोक्दै उकाला लागेका तरुनिहरुका लाम हेर्थे। बर्षमासमा गैरिका गरागराहरुमा बाउसे ठिटटाहरु सङ्गै रोपारे किसोरिहरु हिलो छ्याप्दै असारे गितमा रमेका रमझम हेर्दै आफ्ना किसोरबेलालाई सम्झन्थे बुढापाकाहरु। त्यै चिया पसल र भन्ज्याङको यो अबस्था देखेर मन झन बढी नै कुँडियो। कुँडेको मन सङ्गै अमिलिदै म घर तिर लागेँ।
घर पुग्दा अध्यारोले छोपिसकेको थियो। आमाबा अनि अरु सदस्यहरु म आउने खबरले खुसिहुदै आगानैमा कुरिरहेका रहेछन्। म आईपुगेको सँकेत कालो कुकुरले भुकेर गरिहाल्यो। काले कुकुर म बिदेश गएपछि ल्याउनु भएछ बाबाले त्यसैले मलाई राम्रो सङ्ग चिनेन र नौला मान्छे देखेर धेरै बेर म घरकै आगान टेक्दासम्म भुकिरह्यो। बाबाले हकार्दै ‘तेरो मालिक हो यै घरको मेरो छोरो’ भने पछि भने बुझे झैँ गरि स्वागतमा आफ्नो पुछर हल्लायो।
धेरै समय पछि। हामी परिवारहरु भेटिएका थियौँ। मनैबाट प्रेमको ज्वाला दन्किएर आयो र आँखाबाट खुसिका बर्षाको रुपमा सबैका आँसुहरु बहन थाले। आँसु पनि कस्तो अचम्मको हुदो रहेछ। खुसिमा पनि बहिदिने अनि दुखमा पनि। ठिक पाँच बर्ष अघि दुखका आँसुहरु यसरी नै खसेका थिए। मन भरी बिछोडिनुको पीडा भरेर। ठिक आज त्यही आँसु मन भरी खुसि र उमङ्ग भरेर खसी दियो। एकै छिनको भलाकुसरी पछि हामी घरभित्र छिर्यौँ। यतिबेलासम्म रातले पनि आफ्नो पाईला धर्तिमाथि टेकिसकेको थियो।
आमाले आगेनामा खाना बसाल्दै म तिर हेर्दै मुस्काउदै खबर सोध्नु भो। मैले आमाको मुहारलाई प्रष्टै देखेँ। चाउरीएको मुहारभरी खोल्सा खोल्सा पार्दै उहाँको उमेर दौडिरहेको रहेछ। कति धेरै धर्काहरु खिचिदिएछ मेरी आमाको मुहारभरी समयले। उहाँका मुहारभरी खिचिएका बुढेसकालको नक्साले मेरी आमा अब वृद्ध हुँदै गईराखेको प्रष्टै देखिन्थ्यो। हाँस्दा पनि नखुल्ने भैसकेछ मेरी आमाको मुहार। मलाई मेरी आमाको मुहार देखेर ज्यादै दुख लाग्यो र आफू प्रति ग्लानी पनि। तिनै दुख र ग्लानी आँखाहुदै बग्न खोज्दै थियो तर भित्रभित्रै दबाएँ। बाबाको पनि मुहार आमाको जस्तै भइ सकेछ। मुहारैभरी धर्साकोर्दै दौडिरहेछ समयहरु। बिचरा मेरा बा आमा जस्ले कहिल्यै सुख र खुसी हुन पाउनु भएन। जतिबेला सुख र खुसिमा जीवन काट्नु पर्थ्यो त्यो समय सन्त्तानको जन्म, स्याहार, सुसारमा काट्नु पर्यो। जब सन्तानहरु हुर्के बढे तब कोहि पराईको घर सजाउन गए त छोराहरु अरुको राष्ट्रलाई धनी बनाउन। मलाई म प्रती नै ग्लानी लाग्यो। अझ भनौँ जतिबेला मैले मेरा बाआमालाई खुसी र सुखमा राख्नु पर्ने थियो त्यहि समयमा अभाब र दुखलाई पार गर्ने बहानामा पर्देसिएँ। आखिर मैले के पाएँ? मैले आफुले बगाएको पसिना र श्रम भन्दा धेरै नै कम कमाएँ। तर पनि के त्यो धनले मेरा बाआमाको त्यो समयलाई पुन: फर्काउन सकिन्छ?
तर पनि मनलाई सम्हालेँ र बाँकी जिबनमा धेरै खुसी र सुख दिने प्रण गरेँ।
अघ देखि नै मेरै छेवैमा खुसिले फुलेर गुलाफ भन्दापनि सुन्दर, जुन भन्दापनि चम्किएर लजाउदै लजावती झार जस्तै लाजाउदै घरिघरी मेरो मुहारमा हेर्दै आफ्ना मुस्कानका आधरमा टेकाउँदै स्वागत गरिराखेकीथि आफ्नो प्रेमको सँसारमा मेरो जिन्दगिको साथी -जीवन साथी। प्रेमको मुनाहरु भर्खरै उम्रीदै थिए। हृदयभरी प्रेमको वसन्त छाउदै थियो। त्यही समय मैले बिदेसिनु परेको थियो। बिबाह गरेको दोस्रो महिना नै मैले दक्षिण कोरिया जानू परेको थियो। भाषा परिक्षामा उतिर्ण भएर बसेको म र उनी बिच थाहा नै नपाई प्रेमको बिरुवा उम्रीएछ। र हामीले प्रेमलाई लहलहाउनकै लागि बिबाह गरेका थियौँ तर बिबाह गरेको दोस्रो महिनामा नै मेरो भिषा लाग्यो र म कोरिया जानू पर्यो। कोरिया जानू नेपालीहरुका लागि चुनौतिकै कुरा थियो भने घरको ऋणले पनि जानै पर्थ्यो। त्यही ऋणकै कारण त भाषा पढ्नु परेको थियो मैले। HRD कोरियाबाट छनोट भए पछि मात्र मैले उनिलाई सबै कुरा भनेको थिएँ। म बिदेश आउने कुराले भने धेरै दुखी भएकीथि। रुँदैरुदैँ बिदा गरेकीथि जानेबेला।
खाना खाएर एकैछिन् भालाकुसारी गर्यौँ। थाकेको कारण भोलि बातमार्ने भन्दै सबै जना सुत्न लाग्यौँ। म पनि धेरै थाकेको थिएँ। सरिरको सबै भागतिर दुखेको थियो। त्यसैले मैले नि सुत्नुनै उचित ठानेको थिएँ। बिछ्यौनामा पल्टियौँ……….। आज बिछ्यौना पनि अर्कै लाग्यो। कति कोमल बिछ्यौना, अनि सङ्गै आफ्नै जीवन साथी। उनी लाजाएर बिछ्यौनाको छेउतिर पल्टी म भित्ता तिर। के मान्थ्यो मन। अघिसम्मको सबै थकानहरुलाई बिर्साउँदै हृदयले बर्षौँदेखी साँचेको प्रेम साट्न आतुर गर्यो। बिस्तारै हातहरु बढाएर आफू तिर तानें छेउतिर पल्टेको उनको शरीर। आफ्नो छातिमा टाँस्दै प्रेमका बातहरु मार्यौँ। कति मीठो र कति प्यारो भएको रहेछ उनको स्वर। एकैछिन पछि हृदयले हातहरुलाई अरायो कि प्रेमलाई उनका सरिरको अङ्गअङ्ग पुराउ भनेर। बिस्तारै हातहरु उनका सरिरमा सल्बलाउन थाले। उनी चुपचाप प्रेमलाई सुइकार गर्दै थिई। ओठले आफ्नो प्रेम ओठकै माध्यामबाट साट्दै थियो। हातहरु उनका सरिरभरी चलमलाउदै थिए। सायद, हातहरुले लाज बिर्सेको हुनुपर्छ। बिस्तारै हातहरुले ……… स्पर्श गर्यो।
एक्कासी, ठिक त्यहिबेला भुकम्प गयो। घरहरु जोड्जोडले हल्लिए। हामीलाई बोकिरहेको पलङ पनि जोड्ले हल्लियो। म त पलङ्बाट भुईमा नै खसेँ र ठोकिएँ पलङ कै खुट्टामा। अनि पो झसङ्ग बिउझिएँ। बिउझिएर यता उति हेरेँ। त्यहाँ न बिछ्यौना थियो, न परि जस्ती जीवन साथी। न त हुनुहुन्थ्यो बुढेसकालको सँघारमा उभिएका मेरा वृद्ध बाआमा। केबल एउटा कोरियन मलाई घचघच्याई रहेको थियो। उ भन्दै थियो ” आलर्म बज्दा पनि नबिउझने, हैन तलाई के भो हँ?? काम गर्नु पर्दैन? रेष्ट समय त सकि सक्यो त। हिन्…………।” मनभरी तिनै बुढा बाआमा परि जस्तै जीवन सङ्गिनी बोकेर गह्रुँगो पाईला चाल्दै थिङथलो शरीर घिसार्दै गएँ। उही छाप्रो जहाँ पचास किलोको फलामको धुलोको बोरा उचालेर मेसिनमा हाल्नु पर्छ। जुन म बिगत तीन बर्षदेखी हालिरहेछु।