सलनाल आउन दुई साता अघिदेखि नै अग्रिम बुकिइ०को लागि कोरियनहरु रतभर काउन्टरमा
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियाका महान चाड सलनाल (नयाँ वर्ष) आउन १७ दिन बाँकी छ । तर अहिले देखि नै मानिसहरु घर जाने टिकट बुकिइ० गर्न रातभर लाईनमा बसेका छन् । मंगबार जनवरी १० तारिख सउल स्टेशनको टिकट काउन्टर अघिल्तीर काउन्टर खुल्नुभन्दा अघिदेखि नै मानिसहरु रातभर लाईमा बसेका छन् । जाडो छल्न ब्लान्केट ओढेर मानिसहरु लाइनमा बसेका छन् ।
लुनार पात्रो अनुसार नयाँ वर्ष सलनालको विदामा कोरियामा यो वर्ष ४ दिन विदा परेको छ । कोरियानहरुको एक महान पर्व सलनालमा मानिसहरु परिवार तथा आफन्त भेटघाट गर्न गाउँ जाने गर्छन । त्यसैले घर जानलाई यातायातको चाप बढ्ने भएकाले अग्रिम टिकक बुकिइ० गर्नुपर्ने हुन्छ ।
नेपालीहरुको दशै वर्ष जस्तै लामो सार्वजनिक विदा हुने भएकाले शहरमा रहेका प्राय मानिसहरु गाउँ जाने गर्छन् । शहर नै शुन्ने पारेर गाउँ जानेको लर्को नै लाग्ने गर्छन । सलनालमा शहरको व्यस्त र दौडधुपको जीवनबाट केही आरम पाउनका साथै बर्षोमा परिवार र आफन्त भेट्न पाउने भएकाले यो पर्वले कोरियनहरुमा विषेश महत्व राखेको हुन्छ ।