संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुन कोरिया फर्के संगै राष्ट्रपतिको इच्छा दोहोराए
फोनिज कोरिया संवादादता
सउल
संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुन विहिबार आफ्नो घर दक्षिण कोरिया फर्केका छन् । कोरिया प्रवेश गरे लगतै इन्छन विमान स्थलमा पत्रकार सम्मेलन गरी दक्षिण कोरियाको राट्रपतिको महत्वक्षा दोहोराएका छन् ।
मुनले पत्रकार सम्मेलनमा देशले भोगिरहेको आर्थिक, सुरक्षा र राजनीतिक चुनौतिहरुलाई सामना गर्न राष्ट्रको नेतृत्व राष्ट्रपतिको लागि आफू तयार भएको स्पष्ट पारे । तर उनले राष्ट्रपतिय पद सरकार परिवर्तनको लागि हैन राजनीतिक परिवर्तनको लागि भएको पनि स्पष्ट पारे ।
विमान स्थलमा उपस्थित बाक्लो भिडलाई सम्बोधन गर्दै मुनले देशको लागि आफूले जे पनि गर्न सक्ने बताए ।
कोरियाका राष्ट्रपति पार्क गुन हे हाल निलम्बीत अवस्थामा छन् । उनलाई भ्रष्टचारको आरोपमा संसदमा महाअभियोग पास भएपछि निलम्बनमा परेका हुन् ।
आफू विरुद्ध आएका समाचारहरुमा सत्यता नभएको मुनको भनाइ छ । स्थानिय एक व्यावसायी पार्क यन छाबाट मुनले २ लाख ३० हजार डलर लिएको समाचार प्रकाशित गरेका एक स्थानिय म्यागजिन विरुद्ध कानुनी उपचार गरिने मनले स्पष्ट पारे ।