बागलुङ सम्पर्क समिति कोरियाको ७औ अधिवेशन जनवरि २७ मा गरिने
फोनिज कोरिया संवाददाता
सउल
२००१ मा स्थापना भई काेरिया तथा नेपालकाे सामाजिक काममा सक्रिय रहेकाे काेरिया स्थित बागलुङ्गेहरुकाे साझा सस्था बागलुङ सम्पर्क समितिकाे साताै अधिवेशन सलनालकाे पहिलाे दिन अर्थात २०१७ जनवरि २७ तारिखमा हुने भएकाेछ ।
समितिले नया कार्यसमिति चयन गर्ने गरि छैटाै कार्यसमितिकाे पदावधि सकिनै लाग्दा अब नया कार्यसमिति चयन गर्ने,२ बर्षको प्रगति प्रतिदेबन माथि छलफल समिक्षा र अनुमोदन गर्दै भाबी कार्य योजना तय गर्नको लागि अधिवेशन अायाेजना गर्न लागेकाे समितिका अध्यक्ष याम श्रीसले बताए ।
स्थापना कालदेखि नै सक्रिय सस्थाले काेरिया स्थित बाग्लुंग जिल्लाबासिलाइ एकधिक्का बनाइ अापसि दुखसुख साटफेर गर्दै जिल्लाकाे बिकास तथा जागरणमा सहयाेग गर्दै आएकोछ । समितिलाइ अझै प्रभावकारि र बृहत् गराउने उद्देश्य सहित अधिवेशन गर्न लागेकाे पनि अध्यक्ष श्रीसले जानकारि दिए । छरिएर रहेका सबै बागलुङ बासिलाइ जनवरि २७ तारिख अपरान्ह ५ बजे नेपाल हाउसमा उपस्थित भई अधिवेशन सफल पारिदिन समितिले अाग्रह गरेकाे छ ।
यसै बिच समितिले छुसककाे अबसरमा अायाेजना गरिएकाे धाैलागिरि सांगितिक साैगात भाग ३ काे हिसाब सार्वजनिक गरि सकेको छ भने उद्देश्य अनुसारको कार्य गर्नको लागि योजना छनोट छिट्टै गरिने भएको छ । समितिले कार्यक्रम बाट १ कराेड २७ लाख वन बचत गर्न सफल भएकाेछ ।
अधिबेसन हुने मिति :२०१७ जनवरी २७ तारिख (सलनाल को पहिलो दिन)
समय अपरान्ह ५ बजे
स्थान :नेपाल हाउस तुन्देमुन सौल
सम्पर्क को लागि :यम श्रीस अध्यक्ष ०१०२५०१२७३० , बरिष्ठ उपाध्यक्ष भगवान छन्त्याल ०१०८६७३५८८५ , सज्जन कुमार सिंह ०१०५९६९०७४६ ,कोषाध्यक्ष जगेन्द्र थापा ०१०४४११०९२८ , सदस्य सोमनाथ शर्मा ०१०५९३४२७६०