कोरियाको अस्पताल शैयामा एक्लै मृत्युसंग जुध्दै सुकमान
सउल,
दक्षिण कोरियामा हाल एक नेपाली युवा एक महिनादेखि मृत्युसंग जुधिरहेका छन् । चितवन जगतपुर ७ निवासी सुकमान लुङबा अस्पतालको सघन कक्षाको शैयामा मृत्युको मुखबाट आफूलाई बचाउन अथक प्रयास गरिरहेका छन् ।
इन्छन शहर स्थित यन्से सेब्रान्स अस्पतालमा कृतीम स्वासप्रश्वासको सहरामा प्राण धानी रहेका छन् सुकमान । अस्पतालमा न त उनका कोही साथी छ न त आफन्त गुमनाम एक्लै प्रदेशी भूमिमा मृत्युसंग संघर्ष गरिरहेका छन् ।
करिब एक महिना अघि मुखबाट रगत बगिरहेको अवस्थामा बाटोमा लडिरहेको भेटिएपछि कोरियनहरुले नै अस्पताल पुराइ दिएका थिए । उनको साथमा भएको पासपोर्टको एक पाना फोटोकपीको पहिचानमा उनी नेपाली भनेर चिनिएपछि सउल स्थित राजदूतावासमा कोरियनहरुले नै खवर गरिदीएको श्रमसहचारी देवराज ढकालले बताउनुभयो ।
श्रमसहचारी ढकालले कोरियामा रहेका विभिन्न नेपाली समितीका प्रतिनिधीहरुलाई जानकारी गराउनुभएको थियो । अस्पताल पुगेका रोगी बारे अवस्था बुझेका तामाङ संघ कोरियाका सदस्य तथा गाउले मनोज लामाका अनुसार हालसम्म उपचार खर्च १३ करोड वन पुगिसेको अस्पतालले जनाएको छ । सुकमानलाई क्षय रोग लागेको चिकित्सकले जनाएका छन् । सुकमानको अवस्था अझै पनि अचेत नै रहेको लामाले बताए ।
नेपालमा अझसम्म विरामीको परिवारसंग सम्पर्क हुन नसकेको लामाले बताउनुभयो । पत्निले छाडेर अन्तै गएको अपुष्ट समाचार प्राप्त भएको र अभिभावक पनि पत्ता लगाउन नसकेकोे लामाको भनाइ रहेको छ । लामाका अनुसार विरामी अचेत भई बोल्न नसक्ने भएकाले विरामी बारे थप जानकारी पाउन पनि कठिनाइ भइरहेको छ । विरामी धेरै वर्षदेखि गैरकानुनीरुपमा कोरियामा रहदै आएको सुनिएको पनि उहाँले थप्नुभयो ।
त्यस्तै अस्पतालमा पुगेका एनआरएन कोरियाका उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार विरामीको शरिरमा क्षयरोगका किटानु धेरै फैलिएकोले छुट्टै क्षयरोग अस्पतालमा लगेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् । अर्को अस्पतालमा लानलाई जिम्मेवार व्यक्तिको आवश्यक्ता परेकोले कोही पनि आफ्न्त नपाइरहेको गुरुङको भनाइ छ ।
सुकमानको लागि कोरियामा चितवन सम्पर्क समिती , नेपाल तामाङ संघ र सांगीतिक व्यण्ड नेपकोर Nepalese in Korea (NEPKOR)ले छुट्टा छुट्टै आवहान गरी आर्थिक संकलनको अभियान चलाएका छन् । कोरियामा यसभन्दा पहिला पनि धेरै पटक यस्ता विरामीहरुको लागि आर्थिक संकलन गरी सहयोग गर्दै आएका छन् । तर हरेक पटक यस्तै आपत विपत परेको बेला आवहान गरिरहनुभन्दा सबैको संलग्नतामा कल्याणकारी कोष स्थापना गर्न आवश्यक रहेको गुरुइ०ले बताउनुभयो ।