एचआरडीद्वारा २०१७ को सीबिटी परिक्षा स्थगित भएको सूचना जारी
फोनिज कोरिया सम्वाददाता
कम्प्युटरबाट लिइने कोरियन भाषा परिक्षा (सीबिटी) २०१७ को लागि स्थगित गरिएको सूचना मंगलबार ह्युमन रिसोर्स डेभलवमेन्ट सर्भिस अफ कोरिया(एचआरडी) कार्यालय कोरियाले जारी गरेको छ । बैदेशिक रोजगार प्रणाली(इपिएस)द्वारा दक्षिण कोरियामा रोजगारीका लागि आएर फर्केका युवाहरुलाई पुनः कोरिया प्रवेश गर्न पाउने परिक्षा सीबिटी यस वर्षको लागि स्थगित गरिएको हो । कोरियामा बाहिरबाट ल्याइने कामदारको संख्या कोटा पुरा भएकोले यसवर्षको सीबिटी परिक्षा स्थगित गरिएको एचआरडी कार्यलयले जनाएको छ ।
कोरियाले २०१७ को लागि १५ देशबाट ५६ हजार मजदुर कोरिया ल्याउने भएको छ । जसमा इपिएस नियमित सामान्य भाषा परिक्षा अन्तर्गत ४३ हजार र कोरियाको कार्यकाल पुरागरी पुन आउन पाउने सुबिधा ( सी बि टि र कमिटेड ओरकर ) अन्तर्गत १३ हजार मजदुर २०१७ मा कोरिया आउन पाउने छन् ।
कोरियाको कार्यकाल पुरागरी पुन आउन पाउने सुबिधा ( सी बि टि र कमिटेड ओरकर ) अन्तर्गत १३ हजार कोटा छुटाएकोमा २०१६ को सी बि टि परिक्षा पास गरि १७ मा आउने तयारीमा रहेका र आफ्नो कारणले कम्पनि परिबर्तन नगरी सोहि कम्पनिमा आउन पाउने सुबिधा कमिटेड वार्कर अन्तर्गत २०१७ मा आउन सक्ने सम्भावित श्रमिकको संख्या जम्मा गर्दा उक्त संख्यासंग मिल्न जाने हुदा २०१७ को लागि सी बि टि स्थगित गरिएको हो ।