लुम्बिनी रमझम-२ को आय-व्याय सार्बजनिक
फोनिज कोरिया संवाददाता
सोल-रुपन्देही सम्पर्क समिति कोरियाले गत २०१४ सेप्टेम्बर ८ तारिक छुसकको दोश्रो दिन आयोजना गरेको रमाईलो लुम्बिनी रमझम भाग २ साँस्कृतिक कार्यक्रमको आय-व्याय सार्बजनिक गरेको छ । समितिका अध्यक्ष प्रितम गुरुङका अनुसार कार्यक्रमको दिन बिक्री भएको टिकट र विभिन्न संघ-सस्था, व्यावसायी तथा व्यक्तीगत रुपमा प्राप्त भएको सहयोग रकमबाट जम्मा ३ करोड १६ लाख २७ हजार वन आम्दानी भएको र खर्च तर्फ २ करोड ९८ लाख ६१ हजार वन भएको छ । भने २६ लाख ६५ हजार २ सय ३९ वन जम्मा बचत भएको जनएको छ ।
गत अप्रिल १२ तारिकका दिन बासेको समितिको बैठकले सो निर्णय गर्दै विविध कारण बस उक्त साँस्कृतिक कार्यक्रमको आयव्याय सार्बजनिक गर्न ढिलो हुन गएकोमा र कार्यक्रमका लागि छनौट गरिएको द एक्स व्याण्डका कलाकारहरुले धोका दिएकोमा दुःख व्यक्त गर्दै दर्शकहरुका चाहाना पुरा गराउन नसकिएको र कायक्रम सोचे अनुसार सम्पन्न गर्न-गराउन नसकिएको भन्दै सबैसंग क्षमा याचना गरेको छ । साथै उक्त कार्यक्रमलाई सहयोग गर्नु हुने सम्पूर्ण जिल्लाबासी दाजुभाई, दिदीबहिनी तथा कोरियाका विभिन्न, राजनितिक, धार्मिक, सामाजिक, जातीय, क्षेत्रिय तथा महिला संघसंगठन, समाज सेवी, बुद्धिजिवी, विद्यार्थी, खेलाडी, पत्रकार, व्यावसायी लगायत सर्वसाधारण सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ ।