एसियन महोत्सबमा प्रवासी मजदुर रमाए (फोटो फिचर )
कृष्ण पुरी ,फेन्थेक , कोरिया – अनेकतामा बिबिधता सगै एकता र सुमधुर सापिप्यता ‘को मूल संदेश छर्दै दक्षिण कोरियाको फेन्थेक शहरमा फेन्थेक प्रबाशी सहयोग केन्द्रको मुख्य आयोजनामा वर्ल्ड पिपुल्स डेको अवसरमा आयोजित एसियन महोत्सब भव्यताका साथ् सम्पन्न भएको छ ।
एसियाका बिभिन्न देशका मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम , खेलकुद साथै बिबिध प्रतियोगिताहरु बीच कोरीयन लगायत प्रबाशीहरुले आइतबार बहुसांस्कृतिक महोत्सबमा सहभागिता जनाएका थिए ।
फेन्थेक प्रबाशी सहयोग केन्द्रसगै फेन्थेक बहुसांस्कृतिक परिवार , फेन्थेक नेपाली समिति, स्थानीय सामाजिक संघ सस्था साथै विभिन्न देशका प्रवासीहरुको संग्लनतामा आयोजीत सो महोत्सबमा प्रमुख अतिथी फेन्थेक सिटीका मेयर गोंग जाए ग्वांगले शुभकामना राख्दै कोरीयन र प्रवाशीहरुको एकता र बहुसास्कृतिक सम्बन्धलाई विशेष जोड दिएर सम्बोधन गरेका थिए ।
एसियन राष्ट्रहरु कोरिया ,जापान,चिन,नेपाल ,फिलिपिन्स,कम्बोडिया भिएतनाम,थाइल्याण्ड, श्रीलंका ,इन्डोनेसिया, बंगलादेश ,म्यान्मार लगाएत बिभिन्न देशहरुले आफ्नो सास्कृतिक प्रस्तुतीहरुसगै आआफ्नो पहिचान झल्काएका थिए ।
सो महोत्सबमा आ आफ्ना देशका खाना तथा परिकारका स्टल पनि संचालनमा रहेका थिए ।
मध्यान्ह १२ बजे फेन्थेकको एक कोरीयन समुहको तेक्वान्दो परेडसगै कोरीयन हाजिरीजवाफ , नेपाली क्यारम बोर्ड , खम्बा चढ्ने ,कुखुरा समात्ने जस्ता बिबिध प्रतियोगितात्मक खेलहरु सम्पन्न भएका थिए ।
फेन्थेक सिटिद्वारा प्रायोजन गरीएको सो महोत्सवमा सास्कृतिक प्रतियोगितामा प्रथम पुरस्कार कम्बोडियाका नागरिक सेम्रोंनले’खु साराम ‘ कोरीयन बोलको भावुक गीत गाउदै सबैलाई मन्त्रमुग्ध पार्दै कम्प्युटर हात पारे ।
दितीय पुरस्कार फेन्थेकमा कार्यरत नेपाली सरुण श्रेष्ठले ‘ने नाईगा अतेस्स ‘ कोरीयन बोल कै गीत सुमधुर रुपमा प्रस्तुत गर्दै साइकल प्राप्त गरे भने तृतीय पुरस्कार चीनका महिलाले पाइन् ।
कोरीयाका सामाजिक संस्थाहरु ,पत्रकारहरुसगै एसियाका प्रबाशीहरुको सहभागिताको अवसरमा नेपालको प्रस्तुतिहरुतर्फ “कुसुमे रुमाल”को बोलको गीतमा रितमान थापा र रेनुका बस्नेत,”सेती खोला तरौला” बोलमा बिष्णु गुरुङ ,प्रभा गुरुङको नाच प्रस्तुतसगै ,”जहा छन् बुद्धका आखा ” गौरभ नेउपाने ,गोपी लगाएत अन्य बिबिध बहुभाषी गीतहरुले फेन्थेक शहर गुन्जायमान भएको थियो ।
कोरियाको फेन्थेक शहरमा रहेर सामाजिक क्षेत्रमा बिशेष योगदान पुर्याउने कोरियनहरु लगाएत केहि प्रवाशीहरुलाई फेन्थेक माइग्रेन्ट केन्द्रको पहलमा उक्त शहरका मेयर ग्वान्गले सम्मान गर्दै सम्मानपत्र हस्तान्तरण गरेका थिए ।सो सम्मानमा फेन्थेक नेपाली समितिका तर्फबाट बरिस्ठ उपाधक्ष्य रहनुभएका भक्त थापाले पनि सम्मानपत्र ग्रहण गर्नुभएको थियो
ियसै अवसरमा हालै नेपालमा गएको महा विनासकारी भूकम्प प्रति पनि सहयोगार्थ फेन्थेक माइग्रेन्ट केन्द्र कोरिया र नेपाली समितीले बिशेष जोड दिदै आर्थिक संकलन जुटाएका छन् । सो केन्द्रले भूकम्प पिडितलाई झन्डै १५ लाख रुपैया यस अघि नै जुटाएर नेपालमा नेपाल कोरिया ह्यापी ड्रिम मार्फत रसुवा लगाएत विभिन्न ठाउमा सहयोग हस्तान्तरण गरिसकेको छ भने सोहि केन्द्रमा आबद्ध नेपाली समितिले पनि झन्डै ५ लाख रुपैया नेपालको दैबी प्रकोप तथा उद्धार पुनर्स्थापना कोषमा जम्मा गरेका छन् ।
नेपालका भूकम्प पिडितलाई उल्लेख्य सहयोग जुटाउदै फेन्थेकमा अवस्थित आरति नेपाली रेस्टुरेन्टका संचालक जीवन थापाको सयोजकत्वमा खानाको स्टल स्पोन्सर सहित परिकार बिक्रिबापत उठेको सम्पूर्ण रकम पनि नेपालका भूकम्प पिडितलाई प्रदान गराइने बताए।