MERS बाट सजग रहन दूताबासको आग्रह
फोनिज कोरिया संवाददाता
सोल- सोलस्थित नेपाली दूताबासले कोरियामा मे २० देखि महामारीको रुपमा फैलन्दै गएको एमईआरएस नामक भाइरसबाट सजग रहन नेपाली समुदायलाई आग्रह गरेको छ |
दूताबासले बुधबार एक बिज्ञप्ति निकाल्दै उक्त भाइरसको संक्रमणमा उपचार प्रकृया जटिल रहेकाले संक्रमण हुनसक्ने सम्भाव्य स्थलहरुबाट टाढा रहन नेपाली समुदायलाई आग्रह गरेको हो |
दूताबासले बिज्ञप्तिमा भीड हुने स्थलमा सकेसम्म नजान,हात नमिलाउन र मास्क लगाउन अनुरोध गरेको छ |
सामान्य अवस्था बाहेक नाकबाट पानी बग्ने,खोकी लाग्ने वा दम बढ्ने ,ज्वरो आउने जस्ता लक्षणहरु देखिएमा तत्काल स्वस्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ |
एमईआरएस भाइरसबाट हालसम्म २ कोरियनको मृत्यु भएको छ भने २८ जनामा प्रभाव देखिएको छ |बिभिन्न स्थानमा महामारीको रुपमा फैलिएपछि २ सय भन्दा बढी बिध्यालयहरु बन्द गरिएका छन् |