उत्तर कोरिया वारपार गर्ने क्षेप्यास्त्रको दक्षिणद्धारा सफल परिक्षण
ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ ।रक्षा मन्त्रालयले बुधबार बताएअनुसार सो क्षेप्यास्त्रले उत्तर कोरिया वारपार गर्न सक्छ ।
५ सय किलोमिटर सम्मको दुरीमा सहजैं मार हान्न सक्ने सो उच्च प्रविधियुक्त क्षेप्यास्त्र उत्तरकोरियालाई हिर्काउन सक्ने क्षमताको रहेको राष्ट्रपतीय कार्यलयले बताएको छ ।सो क्षेप्यास्त्र छुंगछंग प्रान्तको सुरक्षा क्षेत्र तेअनको पुर्वी क्षेत्रमा गरिएको हो ।
कोरियाका राष्ट्रपति पार्क गुन हेले सो क्षेप्यास्त्र परिक्षण अवलोकन गरेकी थिइन् ।तीन दशक यता यो पहिलोचोटी कोरियाको राष्ट्रपतिले परीक्षण अवलोकन गरेका हुन् ।सोही अवलोकनको क्रममा पार्कले उत्तर कोरियासंग विकल्प नभएको तर वार्ताको सट्टा उत्तेजना फैैलाउने काम गरीरहेको बताइन् ।
दुई प्रायद्धीप बीचको तनाव बढीरहेको बेला दक्षिण कोरियाको यो लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण उत्तर कोरियाले पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको महिना दिन नबित्दैं भएको हो ।