भोजपुर परिवारको राहत हस्तान्तरण
फोनिज कोरिया संवाददाता
सोल- ताप्लेजुङको तोकमे बजार क्षेत्रमा लागेको भीषण आगलागीबाट पीडितहरुलाई राहत रकम हस्तांतरण गरिएको छ । कोरियामा कार्यरत भोजपुरेहरुको साझा संगठन भोजपुर परिवार दक्षिण कोरियाद्वारा संकलित ६९ हजार रुपैयाँ समाजसेवी सुरेश लिम्बु मार्फ़त हस्तान्तरण गरिएको हो।
उक्त रकम जिल्लास्थित जिल्ला दैवी प्रकोप उद्धार तथा राहत कोष ‘लाई बुझाइएको थियो | सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गरिरहेको सस्था भोजपुर परिवारले भूकम्प पीडितहरुको लागी पनि राहत संकलन कार्य जारि राखेको छ।