कोरियामा किराती समुदायको साकेला रौनक
सोल
दक्षिण कोरियामा किराती समुदाय आजकाल आफ्नो सांस्कृतीक पर्व उभौली मनाउन व्यस्त छन् । प्रदेशमा कामका व्यस्तताका बाबजुद पनि विदाको दिन हरेक आइतबार कोरियाका विभिन्न शहरमा पुगरे उभौली मनाइरहेका छन् ।
मे २१ तारिख कोरियाको दक्षिण पश्चिमी क्षेत्रमा रहेका एक मुख्य शहर ख्वागंजुमा उभौली मनाए भने गत आइतबार अर्को मुख्य शहर बुसानमा । किरात राई यायोक्खा दक्षिण कोरियाको आयोजनामा विभिन्न स्थानमा सो पर्व मनाउदै आएका छन् । आगामी आइतबार सउलको दोइ०देमुनमा मनाउने तयारीमा छन् ।
गत आइतबार किराया बुसान शाखाको समुनन्वयमा बुसानमा आयोजना गरिएको थियो । ठूलो चउरमा भेला भई प्राकृतिक पुजा गरी साकेला नाच्दै उभौली पर्व मनाइरहेका छन् । महिलाहरु शिरफुल, नौगेडी जस्ता गहना र मौलिक पहिरणमा सजिएका छन् भने पुरुषहरु पनि दौरा सुरुवाल स्टकोट र टोपीमा सजिएर पर्वमा भेला भएका छन् । त्यसैगरी झयाम्टा र ढोलक सहित सास्ंकृतिक बाजा गाजा सहित हातमा स्यौला लिएर सोइ ढोले सोई भन्दै साकेला नाचेर आफ्नो संस्कृतीलाई विदेशमा प्रचार प्रसार गरिरहेका छन् ।
कोरियाको राजधानी सउलमा केन्द्रित रहेर विगत वर्षहरुदेखि नै किराती समुदायले साकेला नाच्दै उभौली र उधौली पर्व मनाउदै आए थिए । तर यसपाली भने फरक फरक मितिमा विभिन्न मुख्य शहरमा भेला भएर मनाइरहेका छन् । यसरी आफ्नो सांस्कृतीक पर्वलाई कोरियाको विभिन्न शहरमा पुगेर प्रचार प्रसार गर्दै विभिन्न ठाउँमा रहेका नेपाली दाजु भाई दिदी बहिनीहरुवीच समुन्वय गर्न पाउदा खुशी लागेको किरायाका अध्यक्ष बालकृष्ण बान्त्वले बताए ।
कोरियामा गुरुइ० , तामाइ० , मगर र शेर्पा समुदायले विशेष गरी सउल केन्द्रित रहेर आ आफ्नो सास्कृतीक पर्व मनाउदै आएपनि हाल आएर विस्तारै विभिन्न शहरमा पुगेर मनाउ थालेका छन् । यसैक्रमा किराती समुदायले यसपालीदेखि ख्वागंजु शहरमा पनि उभौली मनाउ थालेका छन् ।
यही आइतबार सउलको निम्न स्थानमा सो पर्व मनउने भएका छन् ।
सुंगीन ग्रीन पार्क, दोगंदेमुन
समय दिनको १२ बजे