ख्वांजूमा वृहत सास्कृतिक कार्यक्रम हूने
फोनिजकोरिया सम्बाददाता
आदिवासी जनजाती महासंघ द.कोरिया छेत्रीय कमिटी छल्ला नाम्दो ख्वाङजुले वृहत सास्कृतिक कार्यक्रम गर्ने भएको छ । यस अघि छेत्रीय कमिटी छल्ला नाम्दो ख्वाङजुले April 30 मा आयोजना गर्ने भनिएको २५६० औ बुद्ध जयन्ती, उभौली साकेला नाच तथा नयाँ बर्ष २०७४ शुभकामना आदन प्रदान कार्यक्रम बिभिन्न्न प्राविधीक कारण स्थगित गरि 2017 May 14 तारिख आइतबार ख्वांजु 병동 공원 फ्यंदों पार्कमा उक्त कार्यक्रमको आयोजना गर्ने कमिटीका महासचिव चोइस किरातीले बताए ।
‘समानता, सहआस्तित्व र आपसी सद्भाब हाम्रो कल्पना आफ्नो मौलिक संस्कार संस्कृतीको जगेर्ना हाम्रो चाहना’ भन्ने नाराको साथ, राज्यबाट ओझेलमा पारिएको आदिवासी जनजातीहरुको हक अधिकार, भेषभुषा, भाषा, कला संस्कृति, लिपि र इतिहासहरुलाई संरक्षण र सम्बर्धन गर्नमा टेवा पुरयाउने साथै विश्व शान्तिको अग्रदुत भगवान गौतम बुद्ध BUDDHA WAS BORN IN NEPAL भन्ने शन्देश प्रवाह गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको हो ।
उक्त कार्यक्रममा प्रवासी भुमी दक्षिण कोरियामा बिभिन्न पेसा, ब्यवसाय तथा अध्ययनको सिल्सिलामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुलाई कार्यक्रममा गरिमामय उपस्थितीको निम्ती आयोजकले हार्दिक अनुरोध गरेको छ।