कोरियामा कोपिलाको कला
फुर्सद हुनसाथ रङ र कुचीसँग क्यानभासमा पोतिनु उनको दैनिकी हो । त्यसो त उनलाई आफ्नो सिर्जना पस्किन क्यानभास या ड्रोइङ पेपर नै चाहिन्छ भन्ने छैन अगाडि जे देख्छिन् त्यसैमा रङका छिर्काहरु छर्किदै त्यसलाई मूर्त रुप दिन तल्लिन हुन्छिन् । प्रायः उनले हस्तकला सम्बन्धिका आर्कषक सजावटका सामग्रीहरु बनाउनुका साथै जंगलमा पाइने काठ, पात, पूmलहरुलाई रंग्याएर अझ सुन्दरता थप्ने, बुट्टा, आर्टहरु बनाउने, काठको कोस्टर, घर सजावटको वस्तुहरु बनाउने गर्छिन् ।
छुङछङबुक्दोको छुङजु सोथेम्यनलाई कर्म घर बनाएकी भोजपुरकी कोपिला राई सानैदेखि चित्रकलामा रुचि राख्थिन् । आफुलाई चित्र कोर्न नआए पनि अरुले बनाएको चित्रकलाहरु खुब मन पथ्र्यो । त्यसैले प्रायः हुने गरेको चित्रकला प्रदर्शनीमा गएर चित्रकलालाई गहिरिएर हेर्थिन् । घण्टौं चित्रसँग डुब्थिन् । ती चित्रकलाले उनलाई यसरी तान्थ्यो कि उनको मनमस्तिष्कमा त्यहि चित्र घुमिरहन्थ्यो । वास्तवमा अग्रज कलाकारहरुको चित्रकला नै उनको प्रेरणा र गुरु बनिदिए । कलामा उनले कुनै औपचारिक शिक्षा लिन पाइनन् तर मनभित्रबाट निस्केको कलालाई उनले रोक्न सकिनन् । त्यसैको प्रतिफल उनका सिर्जना खारिदै गए ।
‘वास्तवमा मलाई ठूला–ठूला आर्टहरु सम्बन्धि ज्ञान छैन, सामान्य साना–हस्तकला सम्बन्धि सामग्रीहरुमा बुट्टा बनाउने मात्र गर्छु’, उनी भन्छिन् । कलाप्रति रुची भएकै कारण एकताका ललितकला क्याम्पसमा चित्रकला विषयमा भर्ना भएकी थिइन तर, अर्को कलेजसंग समय जुधेको कारण चित्रकलाको क,ख नसिक्दै छोड्नु प¥यो । अहिले फुर्सदमा चित्रकलासम्वन्धि अनलाइन क्लास लिदै गरेकी कोपिला मूर्तकला बढी रुचाउछिन् । ‘मुर्तकला जसले हेर्न साथ आर्कषित गर्छ र सजिलै बुझ्न पनि सकिन्छ । अमूर्त चित्रहरु पनि मन पर्छ तर यसलाई बुझ्न अलिक यसको भित्र तहसम्म गम्भीर भएर नियाल्नु पर्छ । अमूर्त चित्रकला प्रति सबैको एउटै बुझाई, धारणा हुदैंन एउटै चित्र प्रति मानिसहरुको अलग–अलग व्याख्या विश्लेषणहरु पाइन्छ । अमूर्त चित्रले अनेक संकेतहरु बोलिरहेका हुन्छन्, जुन आलंङ्गकारिक हुन्छन्’, उनी प्रस्टाउछिन् ।
उनको बिचारमा सिर्जना भन्ने कुरा दुई अवस्थामा गरिन्छ एक रुची र अर्को बाध्यता वा व्यावसाय । ‘व्यावसायिक रुपमा गर्ने हो भने जुन सुकै अवस्था, समयमा पनि वाध्यताका रुपमा गरिन्थ्यो होला तर म भने सौख र रुचीको कारणले मात्र कला सिर्जना गर्ने भएकोले मुड अनुसार काम गर्छु । त्यसैले कहिले, कस्तो अवस्थामा गर्ने भन्ने कुरा नै टुङ्गो हुदैंन । बनाउने मुड आयो भने व्यस्त समयमा पनि गरिन्छ, यदि मुड नै छैन भने फुर्सदको समयमा पनि बनाउन मन लाग्दैन’, उनी भन्छिन् ।
काठमाडौंमा बस्दा पढाई अनि जागिरबाट निस्केको फुर्सदको समयमा सानो–तिनो हस्तकला सम्बन्धि सामग्रीहरु बनाएर त्यसमा स–सानो चित्र, बुट्टाहरु बनाउने गर्थिन् । जस्तै ग्रीटिङ्ग कार्डहरु, टुथपीक होल्डर, बुक मार्कर, डिनर म्याटहरु । पछि उनको साथीमार्फत् ड्राइफ्लावर सम्बन्धि आर्ट सिकेर उनीसँगै काम पनि गरिन् । फुर्सदमा हस्तकलाका समानहरु बनाएर बिक्री गर्ने गर्थे ।
सन् २००९ मा नेपालका वरिष्ठ चित्रकारहरुको संलग्नतामा एक्सप्लोर साइकोलोजी नेपाल र चारुमती रोट्रयाक क्लवको संयुक्त आयोजनामा एक दिने कार्यशाला अनि एक हप्ते चित्रकला प्रर्दशनीमा सहभागिता हुने अवसर मिलेको थियो, जसमा सिकारु चित्रकलाहरु मध्ये उनको चित्रकलाले विशेष मूल्याङ्कन पाएको थियो । त्यस्तै कोरियामा २०१२ मा बुद्घ जयन्तीको अवसरमा बिभिन्न देशका संस्कृति, कला झल्काउने हस्तकला सम्बन्धि सामग्रीहरुको रोड प्रर्दशनी गरिएको थियो जसमा उनले पनि भाग लिएको थिइन् ।
कलालाई बिस्तारै व्यावसायिकरण गर्दै लाने सोंचे लिएकी कोपिला घरैमा बसेर कलासिर्जना गर्दै चिने जानेको मार्पmत बिक्रीवितरणसमेत गर्ने गर्छिन् । ‘हेरौं समयले कतिको साथ दिन्छ । कलालाई पूरै व्यावसायिक रुपमा नभए पनि मनोरञ्जन तथा सौखको रुपमा निरन्तरता भने दिइरहने नै छु’, उनी सुनाउछिन् ।
हस्तकला, चित्रकला, लेखन, अध्ययन, भ्रमण, खाना बनाउने, संगीत सुन्ने आदि रुचि लिएकी कोपिला रोजगार अनुमति प्रणाली (एपिएस) मार्फत २०११ मा पहिलो पटक कोरिया आएकी थिइन् । केही वर्ष काम गरेर कामको अवधि बांकी रहंदै परिवारका सदस्यहरु मार्फत कोरियन नागरिकसंग बिबाह गरेकी हुन् ।
बैवाहिक जीवनमा प्रवेश गरे पश्चात पुनः जीवनको अर्को नयां नौलो अनुभव प्राप्त भएको बताउदै उनी अगाडि थप्छिन्, ‘अरुको पनि मर्म बुझ्दै आफ्नो कर्मलाई पनि निरन्तरता दिदै जाने हो भने जहां,जुन सुकै भूगोल, परिवेशमा पनि सहजका साथ सजिलै संग घुलमिल हुन सकिन्छ । त्यसमा पनि विशेष गरेर यहांको संस्कार, चलन, खानपीन हामी किराती जातीहरुसंग लगभग मिल्ने भएकोले त्यस्तो खासै गाह्रो, नौलो, अप्ठ्यारो महशुष गर्नुपरेको छैन ।’
विबाह छनौट भन्ने कुरा आ–आफ्नो निजी मामलाको कुरा हो उनको विचारमा । त्यसैले बिदेशी नागरीकसंग बिवाह गरेर आउन चाहने नेपाली दिदीबहिनीहरुलाई उनी बिबाह पूर्व एक चोटी मनन् गरेर राम्ररी बुझेर मात्र आउन सल्लाह दिन्छिन् ।
‘अरुको लहै लहैमा लागेर बिदेशीसंग बिबाह गरेर बिदेश जाने र पैसा कमाउने प्रलोभनमा फसेर बिचारै नगरी आएका कतिपय दिदी बहिनीहरु समस्यामा परिरहेका छन् । म किन बिबाह गर्दैछु भन्ने कुरा आफुमा स्पष्ट भएर, कम्तीमा पनि आधारभूत भाषा सम्बन्धि अध्ययन, यहांका चलन, भैपरी आउने समस्याहरुसंग जुध्न सक्छु भन्ने दह्रो मानसीकता बनाएर आएमा सहज र सजिलो हुन्छ’, उनी सुझाव दिन्छिन् ।