ग्यान्जु महोत्सवमा नेपाली विद्यार्थीहरू उत्कृष्ट
अशोक पोख्रेल
थेगु -दक्षिण कोरियामा वर्तमान समयमा करिब १३२ भन्दा बढि विभिन्न राष्ट्रका विद्यार्थीहरू अध्ययन गरिरहेको तथ्याङक सार्वजनिक भएको अवस्था छ। कोरियाका विभिन्न विश्वविद्यालयहरूले विभिन्न विषयमा अध्ययन गर्न छात्रवृति साथै अन्य माध्यमबाट पढ्ने वातावरण पनि मिलाएको छ ।यसरि अन्य मुलुकका विद्यार्थीहरू अध्ययन गर्ने विश्वविद्यालय मध्ये, थेगुशहरको ग्यङसानमा अवस्थित युङनाम विश्वविद्यालय पनि एउटा नाम चलेको शैक्षिक संस्थाहो । यस युङनाम विश्वविद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीअरूको छता संगठन युइसा( युङनाम विश्वविद्यालय अन्तराष्ट्रिय विद्यार्थी संगठन) ले गत मे ३० देखी ३१ सम्म ग्याङजु अन्तराष्ट्रिय महोत्सव सफलताका साथ सम्पन्न गर्यो। गतशालमा यस विश्वविद्यालयले मात्र मनाएको यो महोत्सव यो पटक भने दोस्रो ग्याङजु सिल्क महोत्सव नाम दिएर, अन्य विश्वविद्यालयअरूलाई समेत सहभागिता गराइ भब्यताका साथ मनाइयो।
८४ देशका करिब एकहजार भन्दा बढि विद्यार्थीहरूको सहभागी रहेको उक्त महोत्सवमा,विभिन्न देशका विद्यार्थीहरूले निम्न ६ विधा- नृत्य,गायन,फेसनसो, खानाका परिकार बनाउने कला,डकुमेन्ट्री प्रदर्शन,साथै स्टल प्रदर्शन आदिमा प्रतिस्प्रधा गरेका थिए ।
नेपालको तर्फबाट सोनसिक( कोरियामा रहेका नेपाली विद्यार्थीहरूको समुह) को सकृयतामा विभिन्न विश्वविद्यालयमा अध्ययनरत ८० जना भन्दा बढी विद्यार्थीअरूको सहभागी रहेको थियो। नेपाली विद्यार्थीहरूले सबै विधामा सहभागी भइ राम्रो प्रतिस्प्रधा गरे जसमा शिल्सी सिम्खडा,हिम्मत भाटले,आरजना श्रेष्ठ,रजिना श्रेष्ठ,एरा प्रधान आदिको समुहले नृ्त्य,रमाकान्त लामिछानेको गितारका साथमा, जिमी गुप्ता र निकिता कतिलाले गायनतर्फ,महेश नेपालको टोलिले खाना परिकार पकाउने समुह,राकेश श्रेष्ठले नेपाल सम्बन्धी डकुमेन्ट्री र तारामान कडायत,आराजन श्रेष्ठ अनि हल्का मल्लिकले फेसन सोमा प्रतिस्प्रधा गरेका थिए।
जसअन्तर्गत,रिजना श्रेष्ठको टोली नृत्यमा उत्कृस्ट हुँदै,१ लाख वन,विकी गुप्ता गितमा उत्कुस्ट हुँदै १ लाख वन, महेश नेपालको टोली खानामा परिकार बनाउनेमा उत्कुस्ट हुँदै,३ लाख वन,राकेश श्रेष्ठ डकुमेन्ट्री प्रदर्शनमा उत्कृस्ट हुँदै १ लाख ५० हजार वन,साथै स्टल प्रदर्शनीमा पनि उत्कस्ट हुँदै १ लाख वन नगद हातामा पार्न सफल भए।यसरि विभिन्न विधामा गरेर नेपाली टोलिले ७ लाख ५० हजार वन नगद पुरस्कार हातापार्न सफलभयो यसलाई ठुलै उपलब्धी मान्न सकिन्छ ।
कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूले, यी विभिन्न विधामा गरेको उत्कुस्ट प्रतिस्प्रधा र सफलताले महोत्सवको माहोल नै अकै बनेको गियो।सोनसिकका निवर्तमान अध्यक्ष ताराकान्त कडायतले नेपाली विद्यार्थीहरूको सहभागीता र पाएको सफलताको बारेमा धेरै प्रसंसा गर्दै उपस्थित सबैलाई धन्यवाद समेत दिएका थिए।