बढ्दैछ विदेशीको संख्या दक्षिण कोरियामा
दक्षिण कोरियामा विदेशीको संख्या दिनदिन बढि रहेको देखाएको छ । गएको एक दशकमा बिदेशीको संख्या पहिले भएको संख्याको झन्डै दोब्बर भएको देखाएको छ । भियतनामीहरुको चीनयाँ पछि दोस्रो ठूलो संख्या रहेको दक्षिण कोरियाली न्याय मन्त्रालयले जनाएको छ ।
सन् २०१६ को अन्तिमसम्म बिदेशीको संख्या २५ लाख भन्दा बढि छ । त्यो संख्या सन् २००६ मा ९ लाख १० हजार मात्रै थियो । दिन दिनै बिदेशीको संख्यामा बढ्नुमा बिभिन्न क्षेत्रमा काम गर्ने कोरियनको अभाबलाई हेरिएको छ । सरकारले नै बार्षिक रुपमा बिभिन्न देशबाट ५० हजार भन्दा बढि कामदार ल्याउने गर्छ । कोरियामा भएका अधिकांश नेपाली पनि कामदार भिजामै रहेका छन् ।
गत बर्ष सबै भन्दा बढि भियतनामीहरु कोरिया आएका छन् । कामदार, पारिवारिक र पर्यटक भिजाबाट १ लाख ४९ हजार ३ सय ८४ जना कोरिया आएको देखिएको छ । दोस्रोमा चाइनिजहरु छन् भने तेस्रो अमेरिकनहरु कोरिया आएका छन् ।
कोरियामा रहेका विदेशी मध्ये सबै भन्दा बढि चाइनिज छन् । उनीहरुको संख्या कुल बिदेशीको संख्याको झन्डै आधा जति अर्थात ११ लाख छन् ।