गजेदोमा वृहत् अन्तरक्रिया कार्यक्रम सप्पन्न


गजेदो,
 नेपाली राजदुताबास दक्षिण कोरिया र डेउ नेपाली एकता समाज गजेदोको संयुक्त आयोजनामा भएको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गत आइतबार गजेदोको DSME कम्पनीको एक हलमा सम्पन्न भएको हो ।   दक्षिण कोरियाका लागी नेपाली राजदुत महामहिम अर्जुन जंग बहादुर सिंह लगायत दुताबासबाट आउनु भएका प्रतिनिधिलाई झण्डै सात सय नेपाली कामदार रहेको DSME कम्पनीको बारेमा स्थलगत निरक्षण गराइएको थियो । स्थलगत निरिक्षण कम्पनीका उपाध्यक्ष लगायत बिशिष्ठ ब्यक्तीत्वहरू र डेउ कम्पनीमा कार्यरत नेपालीहरूको प्रसासनिक संयोजक द्धय मेघराज ज्ञावली र दिनेश पौडेलको उपस्थितिमा गराइएको थियो।
 कार्यक्रममा यसै कम्पनीमा काम गरेका स्व. उमेशचन्द्र पौडेल र स्व. लाल बहादुर थापा लगायत दक्षिण कोरियामा बिभिन्न कारणले दिवंगत हुनुभएका सम्पुर्णको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको थियो । नेपाली राजदुताबास दक्षिण कोरियाले झण्डै सात सय नेपाली कामदारलाई रोजगारी दिएकोमा DSME कम्पनीलाई धन्यबाद सहित कदर पत्र समेत प्रदान गरेको थियो। डेउ नेपाली एकता समाजको उपाध्यक्ष तेज कडायतले स्वागत मन्तव्यबाट उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथीको रूपमा मन्तव्य राख्दै  राजदुत  अर्जुन जंग बहादुर सिंहले दिनानुदिन कोरियामा भइरहेको नेपालीहरूको मृत्युको घटनाले अाफु निकै दुखिद भएको, र यस्ता बिद्यमान समस्याहरू न्युनिकरण गर्दै सामाधान गर्न अाफु प्रतिबद्ध भएर लाग्ने कुरा बताउनु भयो। साथै नेपालीहरू जता गए पनि ईमान्दारीताका साथ लगनशिलताले काम गर्ने भएकाले सबैको प्रिय बन्ने गर्छन, कोरियामा पनि बिगतमा कमाएका नेपालीहरूको प्रतिष्ठाको बिरासतलाई अाफु सुरक्षित रहदै यहाँ अाउने सबैले जोगाइ राख्नु पर्ने बताउनु भयो।
उपनियोग प्रमुख किरण शाक्यले यहाँ कार्यरत श्रमिकहरूको समस्या र दुतावासले गर्न सक्ने कानुनी प्रकृया बारे प्रकाश पार्नु भएको थियो भने  सहचारी रमेश गैरेले दुतावासले दिने सेवा सुबिधाहरू बारे चर्चा गर्नु भएको थियो। त्यसै गरि  डा. देवी बहादुर बस्नेतले नेपालमा लगानीका सम्बन्धमा प्रशीक्षण दिदैं कोरियाबाट हासिल गरेका ज्ञान सिप र दक्षतालाई स्वदेशमा प्रयोग गरि कोरिया आएर स्वदेश फर्केका युवाहरु आफू उद्यमशिल बनेर अरुलाई रोजगारी दिनुपर्ने बताउनुभयो , उहाँ ले एउटा सुन्दर घर भन्दा पनि एउटा् सानो व्यावसाय संचालन गर्ने सोच बनाउन सुझाव दिनुभयो । लगानीको वातारण बने कोरियाको 40,000 नेपालीहरूले मात्रै पनि मुलुक समृद्ध बनाउने बताउनु भयो।
 कोरियामा नेपालीहरु कामदार मात्रै नभएर विभिन्न पेशा व्याबसायी ,विद्यार्थी ,विद्वान बुद्धिजीवी ,प्राध्यापक ,चिकित्सक ,इन्जिनियर हरु पनि प्रसस्तै रहेकोले उनीहरु र नेपाली कामदारहरुले सम्पर्कलाई बढाएर आफ्नो ज्ञान् अनुभवहरु साटासाट गर्दै विभिन्न सेमिनारहरुको आयोजना गरे कोरियामा देखिएका विद्यमान समस्याहरुलाई न्यूनीकरण गर्न सकिने बताउनु भयो। शिक्षण अस्पताल महाराजगञ्जका न्युरो सर्जन बिशेषज्ञ डा. गोपाल सेढाइले सुतेको सुतेइ (SUDDENLY DETH ) हुने समस्या बारे बिशेष जानकारी दिदैं यसको रोकथाम तथा उपचार सगै सतर्कता नै प्रमुख भएको बताउनु भयो। यसका साथै उहाले हाडजोर्नी तथा न्युुरो सम्बन्धी पनि बिशेष जानकारी दिनुभयो।
पाष्टर यग्यराज सुवेदीले कोरियाली स्वास्थ्य चौकीबाट स्वास्थ्य सम्बन्धी दिइने सुबिधाहरू बारे चर्चा गर्दै अापत बिपत परेका नेपालीहरूलाई हरदम सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो। कार्यक्रमको समापन डेउ नेपाली एकता समाजका अध्यक्ष अंशुवर्मा लिम्बुले गर्दै उक्त अन्तरक्रिया कार्यक्रमले गजे क्षेत्रमा काम गर्ने अत्याधिक नेपाली हरुलाई टेवा पुर्‍याएको बताउनु भयो । कार्यक्रम सञ्चालन उपनियोग प्रमुख किरण शाक्य र डेउ नेपाली एकता समाजका सह-सचिव भोज बहादुर रानाले गर्नु भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...