माछापुच्छ्रे कप सम्पन्न , वर्षाले प्रभावित खेलमा ४ टिमलाई सामुहिक विजेता घोषणा


कास्की परिवार दक्षिण कोरियाको आयोजनामा भएको प्रथम माछापुच्छ्रे कप फुटबल प्रतियोगितामा ४ टिमलाई सामुहिक विजेता घोषणा गरिएको छ ।

गत आइतबार आयोजित प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु सम्पन्न पश्चात भारी वर्षा भएको थियो । निरन्तर भारी वर्षापछि खेललाई पुनः सुचारु गर्न असम्भव भएपछी खेल रेफ्री, कोरियामा फुटबल गतिविधिहरुको सर्वोच्च संस्था नेपाल फुटबल महासंघ कोरिया , आयोजक र सेमिफाइनल पुग्न सफल टिमको व्यवस्थापकहरुको सामुहिक निर्णयले चारै टिमलाई विजेता घोषणा गरि कुल पुरस्कार राशी बाँडफाँड गर्ने निर्णय गरिएको थियो । विजेता र उपविजेतालाई क्रमशः २२ लाख वन र १२ लाख वन पुरस्कार रहेको थियो ।

लमजुङ एफसी, धरान एफसी, झापा एफसी र मसाक एफसीले प्रतीटिम ८ लाख ५० हजार वनको दरले पुरस्कार र प्रमाणपत्र प्राप्त गरे । विजेता घोषणा हुन नसक्नेपछी प्रतियोगिताको विजेता ट्रफी भने सबैको सल्लाहले नेपाल फुटबल महासंघ दक्षिण कोरियालाई हस्तान्तरण गरिएको खेलकुद संयोजक क्षेत्र गुरुङले जानकारी दिए । सोही दिन ३५ वर्षमाथिको भेट्रान टिमहरु भेटघाट एफसी र मिलिजुली एफसीविच मैत्रीपुर्ण खेल भएको थियो । परिवारको अध्यक्ष दिल बहादुर जलारी ( पासा) को अध्यक्षता र नेपाल फुटबल महासंघ दक्षिण कोरियाको अध्यक्ष कृष्ण गुरुङ ( ब्रो )को प्रमुख आतिथ्यतामा भएको औपचारिक कार्यक्रमलाई परिवारको सचिव अमृतप्रसाद बास्तोलाले सञ्चालन गरेका थिए ।

प्रतियोगितामा नेपाली खाना स्वादिष्ट परिकारहरुको पनि उपलब्धता रहेको थियो । प्रतियोगिता सोयोसन फुटबल मैदानमा गत आइतबार भएको थियो । सोही अवसरमा कास्की परिवारले विश्व भ्रमणमा रहेका नेपालका तीन जना साईकलयात्रीहरुलाई सम्मान तथा नगद सहयोग प्रदान गरेको छ । विश्व शान्ति तथा वातावरण संरक्षणको जनचेतना फैलाउने उद्देश्यले विश्व साइकल यात्रामा निस्किएका साईकलयात्रीत्रय निर्मल बराल (कास्की),अनिश ढकाल (तनहुँ ) तथा दिलिप क्षेत्री (काभ्रेपलान्चोक ) यतिबेला दक्षिण कोरिया आईपुगेका हुन । उहाँको भ्रमणलाई केही सहयोग मिलोस भनेर परिवारले ३ लाख कोरियन वन सहयोग गरेको अध्यक्ष जलारीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...