मिल्ती आयोजनामा भूकम्पको प्रभाव छैन
फोनिज कोरिया संवाददाता
सोल-गत बैशाखमा गएको विनाशकारी भूकम्पले सानो मिल्ती जलबिद्युत आयोजनामा कुनै प्रभाव नपरेको फुलासी गाबिस कार्यालयले जनाएको छ | वार्ड नो ५ र ७ मा पर्ने मिल्ती आयोजनाको निर्माण स्थलमा दुई पटक गएको भूकम्पले कहिँ कतै भू-क्षय ( पहिरो ) नगएको गाबिस सचिब रामहरी अधिकारीले जनाएका हुन् | आयोजना रामेछापमा पर्दछ |
दुई पटकसम्म भूकम्प गएपछि आयोजनाको अनुरोधमा सचिब अधिकारीले स्थलगत भ्रमण गरेका थिए | स्थलगत भ्रमणपछि अधिकारीले कुनै प्रभाव नपरेको भन्दै आयोजना कार्यालयलाई पत्र लेखेका हुन् |
त्यसैगरि आउदो मंगलबार प्राबिधिक टोलि आयोजनास्थल जादै छ |