बन्न चाहान्छु
बिहान बिहानै सियो
नचलाउनु दमाई भइन्छ
कस्तो अचम्मको भनाइ हो आमा
म कर्मयोगी बन्न चाहान्छु
खाली आङ ढाक्न चाहान्छु
त्यसैले दमाई बन्न चाहान्छु ।
फलाममा पानी नराख्नु त्यसलाई पाइन भन्छन्
त्यो कामीको काम हो
अनि कामी भइन्छ
जस्ले मुर्ति बनाउछ मन्दिर भित्र बस्ने
जस्ले धेरैका दुःख सुखमा काम लाग्ने हतियार बनाउछ
यदि ऊ नहुदो हो त के हुदो हो जीवन ?
कस्ले फलाम गाल्दो हो ?
कस्ले बनाउदो हो पितलको थाल ?
अनि केमा खान्थे यी कामी भइन्छ भनेर भनाई बनाउनेहरु ।
आमा म कामी बन्न चाहान्छु ।
सिनो खाने सर्की रे
जुता सिउने ?
ती नहुदो हो
मखमलमा हिड्दा पनि पाइताला दुख्नेहरुले कसरी लाउँथे क्रोकोडाइल ब्यान्डका जुत्ता ?
कसरी टल्कन्थे हेप्नेहरु पाउपोस ?
झुम्रो बेरेर हिन्थे होलान् अनि तीनका गफमा सार्कि आउदैनथ्या कि ?
कस्तो चलन हो ?
जस्को आधापेट कहिल्यै भरिएन
अनि काममा कहिल्यै ठगेन त्यही बन्न नहुने
त्यसैको पानी नचल्ने रे ।
छेउमा पुग्दा पसिनाको गन्हाउछ रे
त्यही भएर हो र ? पसिनालाई भाउ नदेको ?
म स्वाभिमानी बन्न चाहान्छु
पसिना बगाउन चाहान्छु
मलाई कुरामा होइन कर्ममा बिस्वास छ
त्यसैले म कर्मयागी कामी, दमाई, सार्की र
अन्य धेरै कर्मयागी बन्न चाहान्छु
आमा मलाई यस्ता हुने खानेको कथा नसुनाउनुस्
हो आमा साँच्चै यो छलकपटको कथा नसुनाउनुस् ।