माया हैन पैसा बिग्छ यो शहरमा
कथा/
ठ्याक्कै ट्रेन स्टेसनको मुल गेटको देब्रेपट्टि धुम्रपान सेवन कोठाको गेट नजीकै उनी उभिएकि थिईन्। अन्दाजि ५.५ ईन्च जतिको हाईट,कालो सिल्कि कपाल सररर हावाको झोक्का संगै हल्लिरहेको थियो। मेरो र उनको पहिलो नजर ठोक्कियो। रातो गुलावि ओठ,मृगनयनि गाजालु आँखा, पुक्क पुक्क पोटिलो गाला,गोरो चिल्ला छालाको कोकाकोला जस्तै फिगरमा गोल्ड कलरिङको वनपिस लुगा, ब्राउन हिल र हातमा सानो पर्स बोेकेकि उनी स्वर्गकि अप्सरा भन्दा कम थिइनन् ।
देब्रे हातले कपाल हल्का कानतिर मिलाउदै दोस्रो चोटि उनले मलाई हेरिन् । अविवाहित एक लक्का जवान पुरुष म, हुरुक्कै भए । पाईला रोकियो। सोचे, हैन किन हेर्छ हौ यो कोरियन केटिले??
आफुतिर फर्केर हेरे। सफ्ट येल्लो कलरको पेन्ट, ह्वाईट टिसर्ट, भ्यान्सको ह्वाईट सुज, NY को क्याप, सफा चट्ट दारिजुङ्गा काटेको, म पनि टिपटप नै लाग्यो। सोचे , म पनि कुनै कोरियन भन्दा कम चाँहि छैन है! जे पर्छ पर्छ एकलट फेरि हेर्छु ।
हल्का छड्के गरेर हेरे। कानमा मोबाईल राखेर उनि म तिर नै हेरिरहेकी रहिछिन् । नजर ठ्याक्कै जुध्यो। उनले यस्तो गहिरो मुस्कान छाडिन् म घायल नै भए। उनी फनक्क उतातिर फर्किन।
मेरो मुटुमा महाभुकम्प नै गयो। हैन आज केही हुन्छकि क्या हो? मनमा अनेक कुराहरु खेल्यो। यतिको राम्री कोरियन पट्टाउन सके त सीधै बिहे हान्दिन्छु। कार्ड सार्ड पनि बन्छ होला। भाषासाषा भनेको बिस्तारै बुझिहालिन्छ नि। छोराछोरि पनि लास्टै क्युट बन्छ होला। लोल 😃
अलि अगाडि बढे, 24 Hour पसलको अगाडि प्लास्टिकको कुर्सी थियो। एउटा कोल्ड कफि लिए। थचक्कै बसे।
मान्छे कुर्सिमा बसे तर मन त्यतै कतै अल्झिसकेको थियो। मन मानेन। सबै बल उतारेर उतै फर्केर हेरे। उनी मोबाईलमा बोलिराखेको थियो। हिलवाला देव्रे खुट्टा हल्का उचालेर दाहिने खुट्टातिर ठोक्काउदै फोनमा बोलिराखेको थियो।
मैले उनलाई हेरिराखे। उनीपनि फोनमा बोल्दै मतिर समय बिराएर हेरिराखेको थियो। लाग्थ्यो हामी एकअर्कालाई मन पराउछौ। उनको च्वोईस म र मेरो च्वोईस उनी हामि दोस्रो पटक देखेका छौ। कुनै रोमान्टिक फिल्मको सिन भन्दा कम थिएन। मात्र गाना बजेको थिएन। लोल 😃
उनी म भए तिर अगाडि बढे। मेरो त होसहवास नै उड्यो। कोरियन पनि राम्रो बुझ्दिन । बोलि भने के गर्ने होला?? न फसाउने पो होकि? कोरियन केटिहरुलाई हेर्यो भने पुलिस रिपोर्ट गरेर समातेर जरिवाना ठोक्छ भन्थ्यो। हैट
उठेर भागौ जस्तो भयो। तर भागिन। ए ।जे पर्छ पर्छ। मैले के बिगारेको छुर?? उनले नै पहिला हेर्या त होनि?? निहुरिएर मोबाईल तिर केन्द्रित भए म !
उनी स्वाट्ट मार्ट भित्र छिरिन् । ऊनले पनि एउटा कोल्ड कफि नै लिईन्। र बाहिर आईन मेरो संगैको कुर्सी तानेर बसिन। र म तिर फर्किदै “आन्यङ हासेयो” नमस्ते भनिन् ।
म त पसिनै पसिना भईसकेछु। “अन्यङ हासेयो” भनेर फर्काउदा त स्वर नै अड्किराको मेरो त! हैट😃
“अदियस वास्सयो?”(कहाँबाट आउनु भएको) उनी बोलिन् । “नेफालयस”(नेपालबाट) छोटो उत्तर दिए।
“ननन् हिपुदा, छुवा” (तिमी राम्रो छ,मन पयो ) भनिन । हैट!
म त हुरुक्कै भएछु। हैन के आई लाग्यो आज।
यस्तै हो। प्रेम भन्ने कुरा अचम्मै तरिकाले हुन्छ। मेरो भाग्यमा यति राम्रि लेख्या रैछ मलाई के थाहा ? धन्यवाद पशुपतिनाथ मनमनै पहिला भने। र “खाम्साहाम्मिदा” (धन्यवाद) उनलाई भने।
म तिर हेरेर उनी मुस्कुराईन। कति मिठो मुस्कान बाफ्रे।मसक्क! पफ्र्युमको सेन्ट पनि कति मिठो हो। आङै सिरिङ्ग हुने। कोरियन मेकप कुरै नगरौ। छुदाँ पनि दाग लाग्ला झै।। म त पुरै गहिराईमा डुबिसकेछु। हैट 😃
हुन पनि हो। यो प्रेमको नियम नै अजिवको हुन्छ। झन यति राम्री मान्छे भेटेसि, को चाँहि नफस्लार?? म अछुतो रहने कुरै भएन।
कफिको बट्टा हल्लाउदै उनी फेरि बोलिन् “ओनल नराङ खाचि खाल्कायो?” (आज म संग जान्छौ?)
ल वर्वाद अबचाँहि लाईफले अर्कै मोड लिने भयो। छोड्दे नानाथरि कुरा! जे हुन्छ राम्रैको लागि हुन्छ। परदेश आए, परदेशिसंग प्रेम भयो।यति राम्रि केटिले मन पराईन् । यो नै भाग्य हो। मेरो भाग्य बलियो रहेछ। सोच्नु पर्ने कुरै छैन। मायाप्रेमको कुनै निश्चित सिमा र नियम हूदैन। “everything is fear love and war.” आँट्यो छोराले।
ओके “अदि खाल्कायो?” (कता जाने?) म बोले।
र उनी हल्का नजिकिइन। मसक्क मस्किदै उनि बोलिन। “मोटेल खाजा, करन्दे धोनन् शिव मानन फिरयोहेयो ।” (गेष्ट हाउसमा जाउ,तर पैसाचाँहि एकलाख वन चाहिन्छ नि) हैट! म निथ्रुक्क भए। पानिमा भिजेको बिरालो झै। अनुहार मलिन भयो।
जुरुक्क उठे। “आनिया थेस्सयो” (हैन भयो ) भन्दै स्वाट्ट अगाडि बढे। मनभरि पलाएको सपना र असन्तुलित प्रेमको अन्त्य भयो।
मायाप्रेम हैन, पैसा बिग्छ यो शहरमा!
घाममा सुकाईदेउ तिम्रा भावना र मायाप्रेमहरु!!
दूई पैसा कमाउ, आफ्नो देश फर्क।आफ्नै माटोमा फुलेका फुलहरुले मात्र बुझ्छ। तिम्रा मनका तरङ्गहरु,भावनाका छालहरु।
(कथा काल्पनिक मात्र हुन्। मात्र रमाईलो लागि अन्यथा नबुझियोस् धन्यवाद)