घेदुङ ईजरायलले दोलखाको विद्यालयलाई आर्थिक सहयोग
नेपाल तामाङ घेदुङ ईजरायलले दोलखाको विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
शिक्षा नै चेतनाको मुख्य स्रोत भन्ने मूल नाराका साथ तामाङ समुदायको हितका लागि साक्षरता अभियान बढाउन नेपाल तामाङ घेदुङ इजरायले “शैक्षिक आर्थिक कोष” स्थापना गरेको छ । सो कोषबाट दोलखाको बालोदय माध्यामिक विद्यालयलाई एक समारोह बीच ५० हजार हस्तान्तरण गरिएको हो ।
डुसिखर्क, कालिङ्चोक गाउँ पालिका दोलखा को प्रतिनिधि गोपाल बुढाथोकी मार्फत नेपाल तामाङ घेदुङ पूर्ब अध्यक्ष तथा सल्लाहकार महेन्द्र जंग तामाङ र नेपाल तामाङ घेदुङ इजरायलकी संरक्षक चन्द्र माया बोम्जन तामाङले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा घेदुङको पूर्ब महासचिव तथा सल्लाहकार कुमार ब्लोन तामाङ र महासचिव बाबू घिसिङको पनि उपस्थिति थिए । पूर्ब अध्यक्ष तामाङले बिदेशमा दुःख गरेको पैसा शिक्षामा सहयोग गर्ने कार्यक्रम बनाएकोमा इजरायल घेदुङको काम अनुकरणीय भएको बताए ।
तामाङ घेदुङ इजरायलको “शैक्षिक आर्थिक कोष”को संरक्षकमा तामाङ घेदुङ इजरायलको महासचिव सरिना ख्युङ्वा तामाङ छिन् भने यस अघि चन्द्रमाया तामाङ थिइन् ।