कोरियाको वातावरण कर्पोरेशनले नेपाललाई १ करोड भन्दा बढि आर्थिक सहयोग गर्ने


सौल, दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गतको कोरिया वातावरण कर्पोरेशनले (के-ईकोले) नेपाललाई पाईलट प्रोजेक्टको रुपमा १ करोड भन्दा बढि आर्थिक सहयोग गर्ने भएको छ। वातावरणको क्षेत्रमा लामो इतिहास बोकेको र प्रतिस्थित मनिएको के-ईकोको वार्षिक ११८७ मिलिअन US डलर बजेट , करीब ३००० जनशक्ती रहेको छ । वातावरण सुधार सम्बन्धी काम गर्दै आएको ख्याती प्राप्त के-ईकोले पहिलो पटक नेपाललाई वातावरण सुधारको लागी सहयोग गर्ने भएको हो ।
सोहि संस्थामा अनुसन्धानकर्ताको रूपमा कार्यरत नेपाली चेली आस्था बिन्दु मल्लका अनुसार सहयोग सम्झौतामा नेपालको जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विश्व नाथ ओली र के-ईकोका निर्देशक डा. लीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार उक्त सहयोग नेपालको जनसंख्या तथा वातावरण मन्त्रालयले वातवरणिय सुधार, र फोहोर, वाताबरण व्यवस्थापन, फोहोरको पुन प्रयोगमा खर्च गर्नेछ।
काठमाडौंमा बढ्दो जनसंख्या र अव्यवस्थित शहरीकरणका कारण प्रदुषित बन्दै काठमाडौंमा फोहर मैला व्यवस्थापनबाट के-ईको काम सुरु गर्नेछ । थोरै सख्यामा विदेशी नागरिक अनुसन्धानकर्ताको रूपमा काम गर्ने मध्य के-ईकोमा मल्ल पहिलो नेपाली नागरिक हुन् । लामो समयदेखी जलवायु तथा मौसम परिवर्तन विषयमा सोल नेसनल युनिभर्सिटी र यन्से निभर्सिटीमा शोधकर्ताका रूपमा काम गरेकी मल्ल उनि आफ्नो पहलमा नेपालमा यसरी सहयोग गर्न पाउँदा धेरै खुसी लागेको बताएकी छिन्।
कोरियामा सामाजिक र राजनीति क्षेत्रमा सकृय, कोरियामा रहेका नेपाली बिध्यार्थीहरूको साझा संस्था सोसाईटी अफ नेपलिज स्टुडेन्ट एसोसियसन कोरिया (सोन्सिक) की पुर्व अध्यक्ष समेत रहेकी उनि आगामी बर्ष अझ ठुलो परिमाणमा आर्थिक सहयोग गर्न के-ईकोलाई आग्रह गर्ने बताएकी छिन्।  यतिवेला विश्वमै जलवायु परिवर्तनले पार्नसक्ने प्रभाव बहुआयामिक प्रभाव र त्यसको प्रभाव न्युनीकरणको चासो र चिन्ता वढ्न थालेको बेला के-ईको सहयोग गर्नु नेपालको लागि गौरबको कुरा हो । के-ईकोले हाल सम्म १७ मुलुकमा वातावरणिय सुधारका लागी आर्थिक सहयोग गर्दै आएको छ । -नयाँ दैनिकी

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...