सोल, कोरियाको लागि नवनियुक्त राजदुत अर्जुनजंग बहादुर सिंहलाई कोरियामा क्रियाशिल विभिन्न संघसंस्थाहरुले सामुहिक स्वागत तथा सम्मान गर्ने भएको छ । आगामी जुलाई ९ तारिखमा एक कार्यक्रमको आयोजना गरि नवनियुक्त राजदुत सिंहलाई सामुहिक स्वागत तथा सम्मान गर्न लागिएको आयोजक संस्थामध्ये एक नेपाल बौद्ध परिवार कोरियाको महासचिव प्रितम गुरुङले जानकारी दिए ।
सौल गुम्बामा हुने कार्यक्रमको आयोजक संस्थाहरुमा नेपाल बौद्ध परिवार, सउल नेपाल गुम्बा , ह्योल्मो परिवार , मनाङ्ग परिवार , मुस्ताङ्ग परिवार , तमु धीं , नेवा:पुच , नेपाल तामाङ्ग संघ , नेपाल शेर्पा संघ , तामाङ बौद्ध महासंघ , झोउन आछिम र नागार्जुन गुम्बा-जिहेङ्ग द.कोरिया रहेका छन ।
सोही अवसरमा पछिल्लो समय कोरियामा देखिएको दु:खद अशुभ खबरहरु सुन्न पारिरहेको परिपेक्ष्यमा दिवंगतहरुको आत्माशान्ती र यस्ता खाले घटनाहरु नहुन भनेर सबैको सुखशान्तिको कामना गर्दै सउल गुम्बामा बिहान पुजाआजा गर्न लागिएको पनि गुरुङले जानकारी दिए । बौद्ध धर्मावलम्बीहरुको महान ग्रान्थ दोमाङ र ग्यातोङपा प्रज्ञापारामिता पाठ गर्ने र १०८ दिप प्रज्वलन गर्ने बताए । बिहान १० बजेबाट पुजापाठ आयोजना हुने र दिउँसो २ बजे राजदुत सिंहलाई स्वागत र सम्मान गर्ने कार्यतालिका रहेको उहाँले बताए । उक्त दिन कोरियामा रहनुभएका सम्पूर्ण दाजुभाई दिदिबहिनीहरुलाई उपस्थिति भैदिन हुन आयोजक संस्थाहरुले सामुहिक अनुरोध गरेका छन ।
कार्यक्रम हुने स्थान :- सउल गुम्बा , सउल घङनाम-गु याङ्जे देरो ५५ गिल २७
मिति :- जुलाई ९
समय :- बिहान १० बजेबाट पुजापाठ र दिउँसो २ बजे स्वागत तथा सम्मान ।