सउल,
जती धेरै कोरियामा च्याउसरि संघसंस्था छ त्यति नै यससँग निकट फुटबल क्लबहरु छन । प्रत्येक् महीना यहाँ फूट्बल गेमको आयोजना हुन्छ । वैदेशिक रोजगारिको सिलसिलामा EPS प्रणालिबाट आएको युवाहरु स्पोर्टसमा सकृय छन । ती मध्ये एक राम्रो मिड फिल्डर खेलाडी हुन बिमल राई ।
बुवा कल्याण कुमार राई र अामा चन्द्राकला राईको कोखबाट कान्छा छोराको रुपमा बिक्रम सम्बत् २०४५ सालमा भद्रपुर -३ पृथ्वीनगर, झापामा जन्मीएका राई बाल्यकाल देखिनै फूट्बल राम्रो खेल्थे । सुरुमा आफ्नै स्थानिय क्लब हुदै जिल्लाको चर्चित मुनाल एफसीबाट खेल्दै झापा ११”ए “डिविजनबाट क्षेत्रिय ,रास्ट्रिय स्तरमा बुढासुब्बा , झापा भिमनारायण ,मदन भण्डारी गोल्डकप र अन्तरराष्ट्रियमा इन्डिया, भुटानसम्मको खेलमा अभ्यस्त भए । यसैको फलस्वरुप उनी फूट्बलमा भविस्य खोज्न काठमाडौं आए र त्याँहाको बि डिविजन च्यासल एफ. सि हाल “ए ” डिविजन क्लब बाट राम्रो फूट्बल खेल्न सुरु गरे ।
राम्रो खेल खेलेपनी ब्यावसायिक र आर्थिकरुपमा राजधानीमा सफल हुन गाह्रो भएछी उनी आफ्नो करियर बनाउन बिदेश आए । कम्पनिमा काम गर्दै फुर्सदको समयमा बिस्तारै उनी इयु एफसी, धरान एफसी साउथ कोरियाबाट गेम सूरु गरे र पछी आफ्नै जिल्लाको क्लबमा आबद्ध भए र आफ्नो उत्कृष्ठ खेल र मेहेनतले झापा FC ,दक्षिण कोरियालाई डिफेन्डिङ च्याम्पियन र दाबेदार टिम बनाए । उनले झापा FC,साउथ कोरिया ,धरान एफसी र अन्य क्लबबाट खेलेर हालसम्म तीलिचो, चर्च , मासक , बुढासुब्बा , डेउ , माछापुछ्रे र नागार्जुन् कप प्रतियोगिता जीत्नमा महत्वपूर्ण भूमिका निभाएका छन् भने धेरै प्रतियोगितामा फर्स्ट रनर्अप (सेकेन्ड )भएका छन् ।
बेस्ट प्लयेर्रको उपाधि चुमिसकेका उनी अहिले कप्तानको भूमिकामा नीतान्त झापा एफसी ,दक्षिण कोरिया क्लबलाई अगाडि बढाइरहेका छन । खेल उत्कृष्ट खेलेकोले आफ्नो क्लबको अनुपस्थितिमा अन्य क्लबबाट पनि गेम खेल्छन् र कोरियन वोन एक लाख देखी डेढ लाख नेपाली (रु दश हजार देखी पन्ध्र हजार )सम्म पाराश्रमिक् लिने गर्छ । राई हालै झापाकी नर्स अनिता राईसँग बैवाहिक बन्धन बाँधिएका उनी यसरी बिदेशीभुमिमा ब्यस्त भएर पनि उत्कृष्ट खेल खेलेर सबै नेपालीको मनमा बस्न सफल र माया पाएर आगामि दिनमा नेपालको राम्रो “ए “डिभिजन क्लबबाट म्याच खेली आफ्नो शुभचिन्तकलाई खुशी र राष्ट्रको लागि केही गर्ने सोच छ । यसैको निम्ती अभ्यास ,मिहेनत ,शारिरीक सन्तुलन, लक्ष्य र फूट्बलप्रतिको लगाबमा निरन्तरता दिइरहेका छन् ।
अन्तयमा संस्थाहरुलाई प्रतियोगिता गराउन इजाजत दिएर आर्थिक फाईदालागि मात्र नभैई यस्ता राई र धेरै प्रतिभासालि युवा खेलाडिहरुको ,भविस्य र सपनालाई पुरा गर्न नेपाल फूट्बल संघ ,दक्षिण कोरिया कसरी ब्यावसायिकरूपमा अगाडि बढ्ने ।यिनिहरुको क्षमतालाई निखार्न अन्य राष्ट्रहरुसँग मैत्रिपूर्ण म्याच गराउने । राम्रो प्लयेरलाई यहाँको कोरियन क्लबहरुमा समाबेश गराउन परामर्स गर्ने किनकी कोरिया फिफा बरियतामा धेरै अग्र स्थानमा र प्रत्येक् वर्ल्डकपमा सहभागिता हुने राष्ट्र हो त्यसैले यस्ता बिविध कार्यहरुमा ध्यान दीए अबस्यनै नेपाली फूट्बलले भबिस्यमा एकदिन अन्तरराष्ट्रियस्तरमा फड्को मार्नेछ ।