आदिवासी जनजाति महासंघ कोरियाको ख्याइसाइ० नाम्दो क्षेत्रिय समिति गठन
सौल,
नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले ख्याङसाङनाम्दो क्षेत्रिय समिति गठन गरेको छ । तदर्थ समितिद्धारा गत आइतबार सम्पन्न प्रथम अधिवेशनबाट तपन तामाइ०को नेतृत्वमा २९ सदस्यि समिती गठन गरेको हो ।
कार्यसमितीमा बरिष्ठ उपाध्यक्षमा मिलन सोझे राई , उपाध्यक्षमा मिलन लिम्बु र खगेन्द्र पालुङ्वा लिम्बु, महासचिवमा सुरेश सिं सम्बाहाङफे , सचिवमा राम काजी भडेल र दोस्तिहाङ राई तथा कोषाध्यक्षमा दावा शेर्पालाई चयन गरेका छन् । त्यसैगरी सदस्यहरुमा जिन्लाप तामाङ,टेम्बा लामा लगायत २९ सदस्यीय समिति चयन भएको छ।
कोरियाको दक्षिणी पश्चिमी क्षेत्रमा पर्ने शहरहरु बुसान ,किम्हें र गजेदे० क्षेत्रमा रोजगार गर्न आएका नेपालीहरुको बाक्लो उपस्थितीलाई समेटेर महासंघले आफ्नो क्षेत्रीय शाखा संगठन बिस्तार गरेको हो।
नवगठित कार्यसमितिका पदाधीकारीहरुलाई महासंघ केन्द्रका अध्यक्ष चित्र मोक्तानले सपथ खुवाएका थिए । कार्यक्रममा आदिवासी जनजातिहरुको साझा समस्या समानता, समावेशी र पहिचानमा सबै एकजुट भइ र देश निर्माणमा लाग्न अध्यक्ष मोक्तानले आग्रह गरे ।
कार्यक्रममा एनसीसी बुसानका अध्यक्ष संगीत अधिकारी, डेउ नेपाली एकता समाजका अध्यक्ष अंशु बर्मा लिम्बु, किरात राई यायोक्खा बुसानका अध्यक्ष आनन्द राई र किमे बुसान मगर संघका सल्लाहकार सुभाष थापा मगरको विषेश आतिथ्य रहेको थियो ।
साथै कार्यक्रमा डेउ किरात राई यायोक्खा गजेदोका नवीन कुमार राई, भुजेल समाजबाट कुमार भुजेल , तमाङ संघका प्रतिनिधि राजिव घिसिङ, गजेदो तामाङ समाजका प्रतिनिधि विश्वास ब्लोन , लगायत खगेन्द्र पालुङ्वा ,याक्थुङ सयङका प्रतिनिधि सुरेश सम्हाम्फे , डेउ मगर समाजका प्रतिनिधि सुरज राना मगर ,शेर्पा समाज प्रतिनिधि तेम्बा लामा शेर्पा, नेवाबाट राम काजी भडेल , बम बहादुर थापा मगर, रबि लामा लगायतको उपस्थित रहेको थियो ।
महासंघका उपाध्यक्ष एवं प्रवक्ता कुमार भुजेलद्धारा संचालित कार्यक्रममा एनआरएन बुसान अध्यक्ष एवं आदिवासी जनजाति महासंघ तदर्थ समिती बुसानका संयोजक रविन राइको सभापतित्व रहेको थियो ।