Advertisement
SKIP THIS

भानुको स्मरण गर्दै कोरियामा मुक्तक मेला सम्पन्न


सौल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले आइतबार आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै बृहत् मुक्तक मेला सम्पन्न गरेको छ । नेपाली साहित्यका विविध विधाहरूमा केन्द्रित रही कार्यक्रम गरिरहेको कोरिया च्याप्टरले काव्य सुधाको तेस्रो शृङ्खलाको रूपमा नेपाली काव्य जगतका धरोहर आदिकवि आचार्यको २०४ औं जन्मजयन्तीको अवसर पारी उनको स्मरण गर्दै बृहत मुक्तक मेला तथा विविध रचना वाचन कार्यक्रमको आयोजना गरेको च्याप्टरका अध्यक्ष कृष गुल्मेली बाबूले जानकारी दिनुभयो ।
पर्यटकीय शहर तोङ्देमुन स्थित शुभेच्छा रेस्टुरेन्टको सभाहलमा सप्पन्न मुक्तक मेलामा कोरियामा कार्यरत रही मुक्तकमा कलम चलाइरहेका प्रमुख ८ मुक्तककारहरूले भव्य प्रस्तुति रहेको थियो । मुक्तककारहरूले देश, राजनीति, प्रवास र प्रणय मिश्रित मुक्तकहरूले कोरियाको गर्मीमा शीतलता प्रदान गरिरहेको आभास हुन्थ्यो । झन्डै सय जना सहभागीमाझ मुक्तककारहरू प्रमोद सारङ्ग, नारायण भुसाल, गङ्गा बस्नेत, दिपेन्द्र भट्टराई, समीर यात्री, महेन्द्र केसी, रेशम अधिकारी र पूर्वेली गाउँलेका बेजोड मुक्तकहरूको प्रस्तुति रोमाञ्चक रहेको कार्यक्रम संयोजक डि आर न्यौपाने “सूर्य”ले जानकारी दिनुभयो ।
भानुको स्मरण गर्दै कवि विनोद परिवर्तितले रामायणको बालकाण्ड अन्तर्गतका उत्कृष्ट श्लोकहरू सुनाइरहँदा दर्शकदीर्घामा मौनता छाइरह्यो । त्यस लगत्तै स्रस्टाहरू यल्जी विवश, मोहन कार्की, सरोज सर्वहारा, भोजराज जैशी, जनक सन्याल, गोपिकृष्ण लामिछाने, माधव पाण्डे, रामचन्द्र शर्मा, शंकर वि क सङ्गम, डिकर्ण मल्ल लगायतले आफ्ना उत्कृष्ट मुक्तक, गजल र कविता वाचन गर्दा माहौल थप रोमाञ्चक बन्यो ।
उक्त अवसरमा कोरियामा रही विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरू सन्दिप पाण्डे, कृष्ण बस्याल र विकाश श्रेष्ठलाई सम्मान गरिएको थियो भने च्याप्टरका नयाँ सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो । च्याप्टरले यसअघि उत्कृष्ट कवि तथा चर्चित गजलकारहरूको साथमा कविता वाचन तथा गजल मुशायरा सन्चालन गरिसकेको छ भने हालै मात्र विश्व नेपाली काव्य गोष्ठी तथा अनेसासको एसिया सम्मेलन सम्पन्न गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...