कवि श्रवण मुकारुङको साथमा कोरियामा भब्य साहित्य साँझ हुदै


 

प्रवासको व्यस्ततासँगै कोरियामा विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आएका नेपाली साहित्यकारहरुले यहि जुलाई १५ तारिख  शनिबार ‘साहित्य साँझ २०१७’ को आयोजना गर्ने भएका छन् । कोरियाको राजधानी सौलस्थित तुङ्ग्देमुनमा हुन लागेको साहित्य साँझ कार्यक्रममा नेपालबाट प्रमुख अतिथिको रुपमा निम्त्याइको कवि, गीतकार एवं प्राज्ञ श्रवण मुकारुङको उपस्थिति रहने भएको छ । त्यसैगरी विशेष अतिथिको रुपमा अर्का साहित्यकार रत्नमणि नेपाल रहेका छन् ।

अन्तराष्ट्रिय साहित्य समाज कोरिया, नेपाली साहित्य समाज कोरिया, अनलाईन वेभ टिभी, इतर आवाज, नेपाल मुक्तक प्रतिस्थान गरि पाँच संस्थाहरूको संयुक्त आयोजनमा हुन लागेको उक्त कार्यक्रम सम्भवत दक्षिण कोरियामै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । साहित्य साँझ कार्यक्रममा स्रस्टा सम्मान एवं साहित्यिक अन्तरक्रियाका साथमा सांगीतिक कार्यक्रम पनि गरिने भएको छ । एतिहासिक रुपमा भब्य हुन लागेको उक्त साहित्य साँझमा विशिष्ठ अतिथिहरुको कविता, गीत प्रत्यक्ष सुन्न पाईनेछ ।

कार्यक्रममा सहभागीले पनि सुनाउन पाउने भएको हुदा कविता, गीत, गजल, मुक्तक, हाईकु वा अन्य प्रतिभाहरुका साथ उपस्थित भै दिन सम्पूर्ण साहित्य प्रेमीहरुलाई आयोजकले बिशेष निमन्त्रणा गरेको छ । साथै विभिन्न संघ संस्थाको प्रतिनिधि लगायत अन्य दर्शक श्रोता मनुभावहरुमा पनि उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
पुजा रेष्टुरेन्ट, तुङ्ग्देमुनमा साँझ ठिक ८ बजेबाट सुरु हुने कार्यक्रमको दोस्रो सत्रमा अबेरसम्म साँगतिक प्रस्तुती, तथा रमाईलो कार्यक्रम पनि रहने छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...