कोरियामा रहेका नेपालीहरुले यस्तो संकल्प गरे कसो होला ?
हामी नेपालीहरु प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण, जल, जमिन, जङ्गल, जडिबुटी र जनशक्ति भएको देशमा जन्मिएर पनि आफ्नो देश छोडेर आज प्रदेशमा छौँ। पक्कै पनि यो हाम्रो चाहाना होइन बाध्यता हो।
आफ्नो घर परिवार छोडेर एउटा सुनौलो भबिस्यको कल्पना गर्दै बिदेशमा पैसासँग आफ्नो श्रम साटीरहेका छौँ।आफ्नो जवानी बिदेशको माटोमा बिताइरहेका छौँ । भर्खर बिबाह गरेका नबबिबाहित जोडीहरु छुट्टीएका छन् ,नाबालक छोराछोरीहरु आफ्नो आमा बाबुको काखबाट बिछोडिएका छन् केवल पैसाको लागी ।
यसरी बिदेशमा कमाएको पैसाले हामी हाम्रो सपनाहरू पूरा गर्छौं तर अरु गम्भीर प्रश्नहरु पनि साथसाथै खडा हुन्छ। हामिले आफ्नो सपना पूरा गर्दै गर्दा, आफ्नो बारेमा सोच्दै गर्दा कतै हाम्रो देशलाई त भुलिरहेका छैनौँ ? के हामीले नेपालप्रतिको आफ्नो उत्तरदायित्व पूरा गरेका छौँ त ? आउनुहोस् बहस गरौं एउटा समसामयिक बिसयमा।
म्यागासेसे पुरस्कारबाट सम्मानित महाबिर पुनले नेपालमा एउटा रास्ट्रीय आविष्कार केन्द्रको परिकल्पना गरेर त्यो योजनालाई सफल गर्नको निम्ति देश बिदेशमा रहनुभएका नेपालीहरुमा सहयोगको अपिल गर्नुभएको यहाँहरु सबैलाई अवगत नै छ।अहिले हरेक देशबाट सहयोग संकलन गरेर नेपाल पठाउने कार्य भैरहेको छ।यसैगरी कोरियामा पनि महाबिर पुनको आविष्कार केन्द्रको सहयोगार्थ रकमहरु संकलन भैरहेको छ।सहयोगी हातहरुको सहयोग अभियानमा हातेमालो बढीरहेको छ तर बिडम्बना , सोचेजस्तो सहयोग रकम संकलन हुन सकिरहेको छैन आखिर किन ?
एउटा गम्भीर प्रश्न छ। लगभग ४० हजार नेपालीहरु भएको कोरियामा अभियान संचालन भएको १ महिना हुनैलाग्दा पनि जम्मा ७० लाख वोन९लगभग ७ लाख नेरु० रकम संकलन हुनु भनेको एकदमै सोचनिय कुरा भएको छ। जबकी कोरियाको तुलनामा थोरै नेपालीहरु भएको देश हङकङबाट २ करोड रुपैयाँ महाबिर पुनलाई हस्तान्तरण गरिसकिएको छ सहयोग गर्न पैसा मात्र भएर हुँदैन मन पनि चाहिन्छ, सलाम छ हङकङका नेपालीहरुलाई । हामी कोरियामा ४० हजार भन्दा माथी नेपालीहरु छौँ एक जनाले मान वोन मात्र सहयोग गर्ने हो भनेपनी ४० करोड कोरियन वोन हुन्छ लगभग ४ करोड नेपाली रुपैयाँ ।आखिर किन सकेनौं हामिले ? के कमजोरी भयो हामिमा ?
केही समयअघि मेरो पहलमा स्तन क्यान्सर पीडित दुर्गामाया शाही दिदिको उपचारको लागि कोरियामा सहयोगको अपिल गरिएको थियो एक हप्तामा जम्मा ३।५ लाख वोन संकलन भयो जबकी त्यही अभियानको लागि हङकङबाट २ लाख २५ हजार संकलन भयो । अब भनौं हामी कसरी पछाडी परियो ? गएको एक महिनाभित्र मात्र मैले विभिन्न ठाँउमा गरेर २ लाख वोन सहयोग गरेछु। पैसा धेरै भएर होइन,अरुको दुख देख्न नसक्ने कमलो मन भएर अनि आत्मसन्तुष्टिको लागि।
जब कुनै मान्छे बिरामी भएर पैसाको अभाबमा उपचारको निम्ति गुहार मागिरहेको हुन्छ म मेरो बिगत सम्झिन्छु जुनबेला मेरो ममिको पाठेघरको अप्रेसन गर्नुपर्ने थियो तर हामीसँग पैसा थिएन तर एउटा दाईले आइएनजिओ मार्फत निशुल्क उपचार गराईदिनु भएको थियो। जब कुनै एउटा विद्यार्थी पैसाको अभाबमा स्कुल जान सकेको छैन भनेर देख्छु अनि सुन्छु, म मेरो बिगत सम्झिन्छु जुनबेला म पैसाको अभावमा छात्रवृत्तिमा पढेको थिएँ। माथिको कुराहरु उदाहरणमात्र हुन् जिवनमा धेरै असहज परिस्थितिको सामना गरेर यहाँसम्म आईपुगियो तयसैले सकेसम्म सहयोग गर्न मन लाग्छ।
अन्त्यमा, अब हामी कोरियामा यसरी निदाएर हुँदैन, जागौँ आफ्नो आफ्नो ठाँउबाट सकेको सहयोग गरौं।कोरियामा मैले चिनेका मात्र १०० जनाजती व्यावसायी हरु हुनुहुन्छ।उहाँहरुले कम्तीमा १ लाख वोन मात्र सहयोग गर्नुभयो भनेपनि १ करोड हुन्छ।सकिन्न र यतिरु र अर्को एउटा संकल्प गरौं कोरियामा १ हजार जनाको एउटा सकृय संजाल बनाऔं।हरेक महिना प्रतिब्यक्ती मान वोन उठाऔं हरेक महिना १करोड वोन संकलन हुन्छ अनि जस्तोसुकै सहयोग अभियान र प्राकृतिक बिपतिमा पनि सहयोग गर्न सकिन्छ।